Tuesday, August 17, 2010

नेपाली बालसाहित्यका सय वर्ष र विविध नेपाली बाल वाङ्मय

–विजय चालिसे

नेपाली बालसाहित्यले सय वर्षको यात्रा पूरा गरिसक्दा पनि वविध बाल वाङ्मयको सीमा र क्षेत्रका बारेमा अन्योल नै देखिन्छ । “नेपाली बालसाहित्यका सय वर्ष”विषयक यो गोष्ठीमा लोक बालसाहित्य, बालगीत, बालकविता र काव्य,बालआख्यान (कथा र उपन्यास),बालजीवनी,बालचित्र पुस्तकका साथै विविध नेपाली बालवाङ्मय शीर्षकमाथि समेत छलफल हुँदैछ । नेपाली बृहत् शब्दकोषले वाङ्मयको अर्थ गद्य वा पद्यमा लेखिएका शास्त्र तथा काव्य दुबै प्रकारका समस्त भाषाबद्ध रचनाहरुको समूह भन्ने उल्लेख गरेको छ । यसबाट विविध बाल वाङ्मयको सोझो अर्थ केटाकेटीहरुका लागि लेखिएका समस्त भाषाबद्ध अनेक प्रकारका रचनाहरु हुन् भन्ने बुझिन्छ । अर्को तर्फ बालबालिकाका निम्ति स्वस्थ मनोरञ्जन,उपयोगी शिक्षा,व्यवहारिक ज्ञान र नयाँ नयाँ सूचना दिने सबै कृतिलाई ‘बाल साहित्य‘शब्दले जनाउने चलन छ । “सबै किसिमका बाल पुस्तकलाई जनाउनका लागि ‘बालवाङ्मय‘ भन्ने शब्द बढी बढी व्यवहारिक होला भन्ने राय पनि दिन सकिनछ । तर बालबालिकहरुका निम्ति लेखिने विभिन्न विषयका ग्रन्थमा पनि भावात्मक स्पर्श प्रदान गर्न सकिने हुँदा र साहित्य शब्दले चलनचल्तीमा वाङ्मयलाई पनि ढाक्ने हुँदा ‘बादसाहित्य‘शब्द उपयुक्त नै देखिन्छ”भन्ने डा.चूडामणि बन्धु,बालसाहित्य २०४५ः१,पृ.२)भन्ने धारणाले पनि साहित्यका बाल वाङ्मय अन्तर्गत नै बालसाहित्यका सबै विषय र पाठ्यसामग्रीहरु अन्तर्भूत हुन्छ भन्ने बुझिन्छ । यसो भए पनि गोष्ठीपत्रहरुको विभाजन अनुरुप माथि उल्लिखित लोक बालसाहित्य, बालगीत,बालकविता र काव्य,बालआख्यान,बालनाटक र बालजीवनी जस्ता विषय बाहेकका अन्य विविध सामग्रीमाथि केन्द्रित रही विविध बालवाङ्मयको क्षेत्र र सीमा निर्धारण गर्नु आवश्यक हुनआएको छ ।
विविध बालवाङ्मयको सीमा
बालसाहित्यका बारेमा हाम्रा विद्वानहरुका विभिन्न धारणा पाइए पनि विविध बालवाङ्मयलाई परिभषित गर्ने तर्फ खासै प्रयत्न भएको देखिंदैन । यसर्थ हाम्रो विविध बालवाङ्मयकोे अवस्था के,कस्तो छ र यो के हो भन्ने बारेमा ठोस अध्ययन हुने कुरै भएन । बालसाहित्यको परिभाषा दिने र यसको समष्टिगत अध्ययनको क्रममा भएका सीमित कामबाटै यसबारे सामान्य सङ्केत फेला पार्नुपर्छ । यस क्रममा कृष्णप्रसाद पराजुलीको “बालकले सजिलैसँग बुझ्न,टिप्न सक्ने र उनीहरुलाई रौस्याउँदै चरित्र निर्माणमा सघाउ पु¥याउने सृजनात्मक साहित्य नै बालसाहित्य हो । यस दिशामा बालगीत, बालकविता, बालकथा, बालउपन्यास,बालनाटक र प्रेरणास्पद जीवनी तथा ज्ञानविज्ञानका रोचक सामग्रीहरु पर्न आउँदछन् ”(भाषको माया) । भन्ने भनाइले ज्ञानविज्ञानका रोचक सामग्रीका रुपमा विविध बाल वाङ्मललाई समेट्ने प्रयास गरिएको अनुमान गर्नुपर्छ ।
यस्तै“बालबालिकाहरुलाई स्वस्थ मनोरञ्जन,उपयोगी शिक्षा,व्यवहारिक ज्ञान र नयाँ–नयाँ सूचना दिने साहित्य नै बालसाहित्य हो;यसमा पाठकको मानसिक स्तर,उमेर,भाषाजस्ता कुराको विचार गरिन्छ ।” भन्ने डा.चूणमणि बन्धुको परिभाषाले पनि बाल वाङ्मय र कलाअर्थी सिर्जनात्मक पाठ्यसामग्रीको बीचमा सीमाङ्कन नगरेर बालसाहित्यलाई समग्र बालपाठ्य साम्रीको अर्थमा लिइएको देखिन्छ ।
अर्का विद्वान राजेन्द्र सुवेदीको धारणा पनि लगभग यस्तै छ । जसअनुसार“समाज,जीवन र परिवेशलाई सुहाउने र यथार्थ ढङ्गले सोच्न सकिने रुप प्रदान गरेर लोकसाहित्य,पौराणिक र वैज्ञानिक एवम् सामाजिक विषयश्रोतका बस्तुलाई बाल्य–उपभोक्ताबजारको उपयोगी,रोचक,आकर्षक र कौतुकतापूर्ण शिल्पमा शिक्षाप्रद बनाएर प्रस्तुत गरिने सामग्री नै बालसाहित्य हो”(सुनकोशीः२,२०५३,पृ७४–७५) । यसबाट पनि बाल साहित्यभित्रै सबै बालपाठ्य सामग्री अन्तर्भूत हुनेहुँदा विविध बालवाङ्यको अअर्थबोध बालसाहित्यबाटै हुने देखिन्छ ।
समालोचक तथा बालसाहित्यका अध्येता भिक्टर प्रधानले पनि“बालसाहित्य साहित्यको एक विशिष्ट प्रकार हो जुन बाल–बालिकाका निम्ति मनोरञ्जनात्मक दृश्य–पाठ्य सामग्रीमा आप्लावित ज्ञान,सिप,चरित्रप्रभृत्ति निर्माणात्मक प्रच्छन्न सत्सन्देश वा मार्ग निर्देशन हो ।”(बालसाहित्यको भाव,उद्देश्य र आधुनिकता,बालसाहित्यः९,२०५३) । भनेर बालसाहित्यको अर्थव्यापकतामा कथा,कविता,नाटक,उपन्यास,जस्ता विषयका सिर्जना मात्र नपरी ज्ञानविज्ञानका अन्य क्षेत्रका कृति–रचनाहरु पन समाविष्ट हुने बताए पनि उनकै “बालसाहित्यको पदीय संरचनाको स्तरले कलाअर्थी साहित्यको एकहाँगो र बालहितकारी ज्ञानको समष्टि गरी दुई संभावित अर्थ निर्देश गरेको हुन्छ” भन्ने भनाइले यस दिशामा स्पष्ट सिमाङ्कन र परिभाषा गर्ने प्रयास गरेको मान्नु पर्छ । यसर्थ उनको यो धारणामा सहमति जनाउँदै विविध बालवाङ्मयलाई यो दोश्रो हाँगो मानेर यसको सीमांकन गर्नु उपयुक्त देखिन्छ । अझ यसमा पनि औपचारिक शिक्षाकालागि पाठ्यक्रमका विशेष र सामान्य उद्देश्यकेन्द्रित पाठ्यपुस्तक बाहेकका विशिष्ट शैली,प्रस्तुती र विषयबस्तुमा आधाति विशेष बालपाठ्यसामग्री वा बालपुस्तकहरु अन्तर्गत यस पत्रको अध्ययन क्षेत्र सीमित गरिएको छ । अझ प्रष्ट भन्ने हो भने विशुद्धमनोरञ्जन दिने बाहेकका जिज्ञासाहरुको समाधान गर्ने,ज्ञानको प्रबद्र्धन गर्ने,चेतनाबढाउने र ज्ञानको परिष्कार गर्ने,वैज्ञानिक–व्यवहारिक सिर्जनशीलताको विकास गर्ने जस्ता प्रयोजनपरक पाठ्सामग्रीहरु नै यो अध्ययनको विषय हुनु पर्ने देखिन्छ । यिनै प्रयोजन पूरा गर्ने कलाअर्थी बालसाहित्य अन्तर्गतका बालआख्यान, बालनाटक,बालजीवनी,बाललोक साहित्य,बालनिबन्ध,बालकविता र काव्य तथा बालचित्र पुस्तकहरु बाहेकका अनौपचारिक शैक्षिक उद्देश्यपूर्तिका लागि तयार गरिएका बालपाठ्पुस्तक बाहेकका बालपठन अभिरुचिप्रबद्र्धनमा सहयोगी हुने,पाठ्यक्रमलाई सघाउने र त्यस बाहिरका अनेक विषयमा बालबालिकाको जिज्ञासा पूरा गर्ने पाठ्यसामग्रीलाई विविध वाङ्मयको सीमाभित्र समावेश गरिनु उपयुक्त छ ।
बालसाहित्य भनेको बालकहरुका लागि भनेर लेखिएका कथा,कविता,निबन्ध,जीवनी नाटक,लोककथा र पौराणिक कथाहरुको सरल रूपान्तरण वा प्रौढ सात्यिको सरल रूपान्तरण हो भन्ने पुरानो मान्यतामा आज निकै नै परिवर्तन आइसकेको छ । बालकहरु बाह्यजगत् तर्फ उन्मुख हुन्छन् । उनीहरु जुन बस्तु देख्छन्,व्यवहारमा प्रयोग गर्छन्,त्यसको रहस्य जान्न जान्न निकै उत्सुक हुन्छन् । उनीहरु आफू,आफ वरिपरिका र अर्काको जीवनको अनुभवजन्य आश्चर्य,आविष्कारजन्य वेदनाहरु जान्ने प्रयत्न गर्दछन्,आफनो अगाडिका यी कुराहरुको बारेमा पूर्ण जानकारी चाहन्छन् (पिटर सेण्डिफोर्ड) । यसर्थ सूचनाको विशाल फाँट;खोला–खहरे,नदीनाला, सागर,ताल–तलाउ;गुफा,चट्टान,हिमशिखर;अन्तरिक्ष र विश्वब्रह्माण्डका रहस्यहरु;तिनले भन्ने प्रकृति,अन्तरिक्ष,मानिस र मानवीय विकास;सुखदुख र संघर्षका कथाहरु;जीवजन्तु,अनौठा ठाउँहरु आदि सबै नै बालजिज्ञासाका विषयहरु हुन् । यी सबै विषयहरुले बालकलाई सधैं गंभीर आमन्त्रण दिइरहेका हुन्छन् । यिनको जानकारीले बालबालिकाको अनुभव र जीवनलाई समृद्ध बनाउन अत्यन्तै ठूलो मदत पुग्दछ । यसरी आज साहित्य शब्द र विशेषतः बालसाहित्यको क्षेत्र निरन्तर विस्तारित भइरहेको छ । प्रौढहरुको जस्तै बालकहरुको पठन चाहना पनि आवश्यकतासँगै परिवर्तन हुन्छ । यस अर्थमा आजको नवीन आविष्कार अर्थात् कम्प्युटर,भू–उपग्रह, टेलिभिजनजस्ता सूचना प्रविििधका नयाँ नयाँ कुराहरुबारे जान्नु आजका बालकहरुको रूचि र आवश्यकताभित्रै पर्दछ । यी विषयहरु कलाअर्थी सिर्जनात्मक बालसाहित्यको सीमाभित्र पनि पर्छन् । (केही उदाहरणः बाह्र महिनाको गीत,रमेश विकल;बाल गणित गीत,घनेन्द्रप्रसाद शर्मा;मङ्गल ग्रहमा विज्ञान,विजय चालिसे,मान्छे बच्चा बालक म,र हात्ती,शारदारमण नेपाल; सफाइ गीत,काशीराज सुवेदी;पानी पानी,रामबाबु सुवेदी; कमिलाको कथा र पानीको थोपा,कविताराम;चिल गाडीमा सरर,तेजप्रकाश श्रेष्ठ आदि ।) यी पाठ्यसामग्रहरुमा ज्ञानविज्ञनाका विविध विषयहरुलाई केही कल्पनाको रंग चढाएर बैज्ञानिक तथा व्यवहारिक जानकारी दिने प्रयास गरिएको देखिन्छ । विज्ञान, ऋतु, गणित, अन्तरिक्षका ग्रहउपग्रह,मानिसका विकासप्रक्रिया,जीवजन्तु र जनावर, सरसफाइ,पानी,नयाँ नयाँ ठाउँजस्ता ज्ञानविज्ञन र अनुभवनन्य विविध विषयका भए पनि उदाहरणमा दिइएका कृतिहरु बलकविता,बालकथा,बालउपन्यास,निबन्ध आदि उपविधा अन्तर्गतका पत्रहरुमा समाविष्ट हुने भएकाले यिनलाई विविध बालवाङ्मय अन्तर्गत समावेश गरिनु उपयुक्त देखिंदैन ।
विविध बालवाङ्मय र बालकका रुचि क्षेत्र
बालकहरु आफू बसेको संसार र यसका मानिसहरुका बारेमा सत्य जानकारी चाहन्छन् र यसबाटउनीहरु आफैं बारे जानकारी लिइरहेका हुन्छन् । बालक उसको समाजमा के ठीक छ,के छैन भन्ने जान्न चाहन्छ । पुस्तकले यी भौतिक–सांस्कृतिक मूल्यहरुको संप्रेषण गर्दछ । ऊ आफ्नो वरिपरि विभिन्न कुराहरु देख्दछ र तिनका बारेमा जान्न चाहेर जिज्ञासा राख्दछ । उदाहरणका लागि ऊ आफूलाई देख्छ,आफ्ना आमा बाबालाई देख्छ र बाजेबज्यैलाई पनि देख्छ । अनि उसको मनमा जिज्ञासा उठ्छ–ऊ किन यति सानो,उसका बाबाआमा किन ऊभन्दा अग्ला र मोटा ? बाजेबज्यैको कपाल किन सेतै फुलेका ? किन उनीहरुको अनुहारमा चाउरी नै चाउरी ? उनीहरु किन कुप्रिएका ? ऊ आफूलाई देख्छ र आप्mना दिदी बहिनीलाई देख्छ । अनि आफैंसँग प्रश्न गर्छ,हाम्रो शरीरमा किन यस्तो भिन्नता ? ऊ घरमा आमाले चिया पकाएको देख्छ र उसको मनमा चिया के हो ? यो कसरी बन्छ ? चिनी के हो र यो केबाट कसरी बन्छ ? दूध के हो ? दूध खाँदा के फाइदा हुन्छ ? बस्तुभाउले दूध कसरी दिन्छ ? आगोले कसरी दूध र पानी आदिलाई उमाल्छ ? भन्नेजस्ता जिज्ञासाहरु उब्जन्छन् । ऊ घरको वरिपरि बोटबिरुवा देख्छ । तिनका हरिया पात,रङ्गीबिरङ्गी फूल,र फलहरु देख्छ अनि उसका मनमाअनेकौंप्रश्न उब्जन्छन् । घाम,बादल र हावापानीजस्ता कुरा देखेरपनि उसभित्र तिनका बारेमा जिज्ञासा उब्जन्छन् आदि । यी सबै जिज्ञासाको विषयका जानकारी बालकको रुचिक्षेत्र हो । रुसोले अठारौं शताब्दीको उत्तरार्धमैं आफ्नो कृति एमिलमा रुचिको स्थानलाई जोड दिएदेखि नै बालअभिरुचिमाथि ध्यान दिन थालिएको छ । यी बालअभिरुचिका यावत् विषयहरु विविध बालवाङ्मयका विषय र रुचिका क्षेत्र हुन् ।
उमेर र रूचिभिन्नता
बालसाहित्यको गरिमा बालकहरुलाई चुनौती स्वीकार्ने आत्मबल दिनुमा छ,बालकहरुलाई चुनौती दिनुमा छ र बालकहरुलाई चुनौती स्वीकार्नुको आनन्द दिनुमा छ भन्ने डा.पद्मप्रसास देवकोटाको भनाई (बालसाहित्य २०५१ः७,पृष्ठ २२) यहाँ छेउ स्मरणीय देखिन्छ ।
बलबालिका संबन्धी ऐन २०४८ले १६वर्षसम्म उमेरका केटाकेटीहरुलाई बालबालिका मानेको छ भने संयुक्त राष्ट्रसंघीय महासभाले सन् १९८९ नोभेम्बर २०का दिन पारित गरेको बालअधिकारसंबन्धी महासन्धिको धारा १ले कुनै मुलुकमा आनुनद्वारा अन्य व्यवस्था गरिएकोमा बाहेक बालबालिका भन्नाले १८बर्षमुनिका केटाकेटी बुझिन्छन् । यसलाई समूहगत रुपमा विभाजन गर्दा पाँच वर्षसम्मकालाई शिशु,६–११वर्षकालाई बालक र त्यसभन्दा माथिकालाई किशोर भनी वर्गीकरण गरिने सामान्य प्रचलन छ । बालसाहित्य लेखन र बालमनोविज्ञानका दृष्टिले उनीहरुको अनुभवको क्षमता,ग्रहणशीलता , बोधक्षमता आदिका हिसाबमा ३देखि ६वर्ष,७देखि ९वर्ष१० देखि १२वर्ष र १३देखि १५वर्ष वा त्यसदेखि माथिको उमेरसमूहमा विभाजन गरेको पाइन्छ । यी भिन्न उमेरसमूहका बालबालिकामा भाषिक क्षमता,विषयबस्तुको रुचि,ग्रहणशीलता,बोध क्षमता आदि फरकफरक हुने भएकोले बालसाहित्य वा बालवाङ्मय लेखनका क्रममा लक्ष्यितसमूहको बारेमा ख्याल राखनु आवश्यक हुनजान्छ ।
कुन उमेरका बालबालिका कस्तो विषयका पाठ्यसामग्रीहरु पढ्न मनपराउँछन् भन्ने संबन्धमा विदेशी विद्वानहरुले पशस्त अध्ययन गरेका छन । नेपाली परिवेश,सन्दर्भ र अवस्थाको भिन्नताका कारण ती अध्ययनहरु हाम्रो सन्दर्भमा पूर्णतः लागु नहुन सक्छन,तर आधारभूत बाल मनोविज्ञनामा केही समानता हुने भएकोले तिनको चर्चा गर्नु उपयुक्त नै हुने छ । हाम्रो सन्दर्भमा यस्ता कुनै अध्ययन भएको नपाइएकोले केही अगाडिका भएपनि यी अध्ययनहरुबाट केही आधार तय गर्न मद्दत पुग्ने छ । अमेरिकी बालशिक्षाविद् दुनको भनाइमा आश्चर्य लाग्ने,जनावर र बालकहरुको परिचित बस्तु,चरित्र र वातावरण प्ररम्भिक तहका बालबालिकाको आकर्षणको विषय हो ।९ँबललष्भ ध्। म्गलल,क्ष्लतभचभकत ाबअतयचक ष्ल एचष्mबचथ च्भबमष्लन ःबतभचष्ब ि,ऋयलतचष्दगतष्यलक तय भ्मगअबतष्यल, ल्य।ज्ञज्ञघ, ल्भधयचप दगचभबग या एगदष्अिबतष्यलक,त्भबअजभचुक अयििभनभ,ऋयगिmदष्ब ग्लष्खभचकष्तथ०। विट्टी र उनको समूहको अध्ययनले माध्यमिक तहका उमेर समूहका बालबालिकाहरुका लागि जनावर,मानिसको वास्तविक जीवन,अन्य स्थानका बालबालिकाहरु,हँसाउने खालका विषय बढी प्रिय रहेको पाइयो । ९एबग िध्ष्ततथ,ब्लल ऋययलभच,बलम म्ष्ििब ःअद्यभबलसऋजष्मिचभलुक ऋजयष्अभक या ँबखयचष्तभ द्यययपक,व्यगचलब िया भ्मगअबतष्यलब िएकथअजययिनथ,घठस् द्दटट(ठड०। यस्तै कक्षा ३ देखि ६ वर्षसम्मका चौबीस हजार बालबालिकाहरुसँग सोधिएका उत्तर विश्लेषण गरेर नोर्भेलले निकालेका निचोडमा उनीहरुले जीवजन्तु वा जनावरका बारेमा सबैभन्दा बढी र त्यस पछि जीवनी मन पराउने देखियो ।९न्भयचनभ ध्। ल्यचखभिि,ध्जबत द्ययथक बलम न्ष्चकि ीष्पभ तय च्भबम,ल्भधथयचप,क्ष्खिभच द्यगचमभति ऋय।० । यस्तै अर्का विद्वान बेकरले एक हजार बालबालिकाहरुसँग गरेका प्रश्नको उत्तर विश्लेषणबाट निस्केको निचोड अनुसार उनीहरु जीवजन्तुको जीवन प्रक्रिया,सञ्चार र पृथ्वीआदि ग्रहहरुको बारेमा पढ्न सर्वाधिक रुचाउँछन् । ९भ्mष्थि ख्। द्यबपभच,ऋजष्मिचभलुक त्तगभकतष्यलक ७ त्जभष्च क्ष्mउष्अिबतष्यलक ायच एबिललष्लन तजभ ऋगचचष्अगगिm,ल्भधथ्यचप,द्यगचभबग या एगदष्अिबतष्यलक,त्भबअजभचक ऋयििभनभ,ऋयगिmदष्ब ग्लष्खभचकष्तथ।० लाजरको अध्यनमा मध्यवयी केटाकेटीहरुले साहसिक कुराहरु,बालबालिकाको सक्रिय सहभागितामूलक गतिविधि,रहस्य,यथार्थ,वाल्यजीवन,जीवजन्तु,र खेलजस्ता विषयबस्तु सर्वाधिक रुचाएर पढ्ने गर्छन् । उमेर बृद्धिको क्रमसँगै केटाहरुको रुचि साहसिक वर्णनशरुको यथार्थपरक प्रस्तुतीतर्फ बढेको पाइयो भने केटीहरुको घरेलु जीवनसँग सम्बन्धित विषयबस्तु र कल्पनाशील पाठ्य सामग्री पढ्नमा बढी रुचि देखियो । ९ःबथ ीबशबच, च्भबमष्लन क्ष्लतभचभकतक, ब्अतष्खष्तष्भक ७ इउउयचतगलष्तष्भक या द्यचष्नजत, ब्खभचबनभ बलम म्गिि ऋजष्मिचभल। भ्मगअबतष्यल ल्य।ठण्ठ,ल्भधथ्यचप,द्यगचभबग या एगदष्अिबतष्यलक, त्भबअजभचक अयििभनभ, ऋयगिmदष्ब ग्लष्खभचकष्तथ।० अर्का विद्वान योङ ९म्यचष्क थ्यगलन,क्ष्मभलतषथष्लन ७ गतष्ष्शिष्लन ऋजष्मिचभलक क्ष्लतभचभकतकलभ्मगअबतष्यलब िीभबमभचकजष्उ,ज्ञघस्ज्ञटज्ञटज्ञ(छ० ले अन्तरिक्ष,जीवजन्तु,पृथ्वी,मानव विकास, हावापानी,र वातावरण आदि विज्ञानका विषय मध्यमवयका बालबालिकाहरुमा प्रिय रहेको पाइयो । सेयर्स ९व्।ज्बचबिल क्जबचभक,च्भबमष्लन क्ष्लतभचभकतक ७ क्ष्लतभचलबतष्यलबल्भिभमक या ऋजष्मिचभलष्ल न्भबमभ द्ध(ड,भ्झिभलतभचथ भ्लनष्किज घज्ञस्द्धढघ(छण्ण्० को अध्ययनले पनि विज्ञानको विषय केटाकेटीले अत्यधिक मनपराउने तीनवटा विषयहरुमध्ये एक हो,र केटाहरु प्राय भूगर्भविज्ञान,भूगोल र रकेटजस्ता अन्तरिक्ष सम्बन्धी विषय र केटीहरु विदेशी मुलुक,इतिहास,तथा प्रख्यात लेखक कलाकारहरुका बारेमा जान्न चाहन्छन् भन्ने देखाएको छ ।
हाम्रो सन्दर्भमा विविध बाल बाङ्मय
नेपाली बालसाहित्य र विविध बालवाङ्मयको इतिहास केलाउने हो भने यसकोे व्यवस्थित प्रारम्भको बीजरूप खोज्न जयपृथ्वबहादुर सिंहको प्रारम्भिक प्रयासको चर्चा गर्नु पर्ने हुन्छ । यस हिसाबले नेपाली बालसाहित्यको इतिहास एकसय वर्षको रहेको छ । यसको प्रारभ्म पनि कलाअर्थी साहित्यबाट भन्दा पनि बालबालिकाको आवश्यकता पूर्तिमा आवश्यक ज्ञानविज्ञानका कुराहरु सरल ढंगमा प्रस्तुत गर्ने हिसाबले विविध बालसाहित्यबाटै भएको देखापर्छ । विसं १९५८तिर जयपृथ्वीबहादुरकै योजनाअनुसार देवशम्शेरले भाषा पाठशालाका नाउँमा देशभर एकसय जति पाठशाला खोले । पठनपाठनका निम्ति नेपाली भाषमा तयार गरिएका उपयुक्त पाठ्यपुस्तक र पाठ्यसामग्री थिएनन् ।जयपृथ्वीबहादुर शाहले आफैं भूगोल,विज्ञान, सामाजिक शिक्षा, एतिहास व्याकरण र साहित्यका अनेक पुस्तक लेखे र प्रकाशनमा ल्याए (विजय चालिसे,नेपालमा बालपत्रकारिता,राष्ट्रिय समाचार समिति २८औं वार्षिकोत्सव स्मारिका–२०५०,पृष्ठ ४०)। नरहरि आचार्यका अनुसार पनि नेपाली बालसाहित्यको पहिलो पुस्तकको रूपमा जयपृथ्वीबहादुर सिंंहको विसं १९५८मा प्रकाशित बालबोध(न्र.१)लाई मानिएको छ(नरहरि आचार्य,बालसाहित्य २०४५ः१) मदनपुस्तकालयमा दर्ताभएका पुस्तकहरूको सूची मदनपौरखमा जयपृथ्वीबहादुर सिंहका व्यवहारमाला(विसं १९५७),पदार्थ तत्वविवेक(विसं १९६२),शिक्षा दर्पण,भाग दुई र तीन(विसं १९६४),प्रकृत व्याकरण(विसं १९६९)तत्व प्रशंशा(विसं १९७०) र भूगोल विद्या(विसं नखुलेको) सूचीकृत भएका छन् ।यस पछि विसं १९७०मा गोरखाभाषा प्रकाशिनी समितिको स्थापना भएपछि बालोउपयोगी पुस्तकहरुको रचना व्यवस्थित रूपमा आरम्भ भएको पाइन्छ(नरहरि आचार्य, बालसाहित्य २०४५ः१)।गोरखा भाषा प्रकाशिनी समितिले विभिन्न विषयका ३०।३२वटा पुस्तकहरु प्रकाशन–सम्पादन गरेको बुझिन्छ(अच्युतशरण अर्याल,नेपाली बालसाहित्यको रूपरेखा,पृष्ठ ४)।यस अघि खेचरमणि दीक्षीतको शिशुबोधिनी भाग १(१९६८)बालपाठ्पुस्तकका रूपमा प्रकाशित देखिन्छ(मदन पौरख) ।
यस पछिको कालखण्डमा बालपाठ्यसामग्री लेखन,संपादन, र अनुवाद गर्ने प्रयास जारी नै रहह्यो । यस पछि पनि बालपाठ्य सामग्री लेखन प्रकाशनको क्रमले निरन्तरता पाए पनि ती प्राय औपचारिक शिक्षासँग संबद्ध रहे । बाल साहित्यमा विविध बमालवाङ्मयको दृष्टिले यो प्रारम्भिक समयका प्राय कृतिहरु पठ्यपुस्तकको अभाव पूर्तिका हिसावले तयार गरिएका देखिन्छन् । अङ्ग्रेजी बालसाहित्यमा विषयबस्तुको क्षेत्रविस्तृत देखा पर्दछ,जस्तै विज्ञान, अन्वेषण, अन्तरिक्ष,विकास अनुसन्धान, अवलोकन,प्रकृति,वास्तविक तथ्य,काल्पनिक–प्राकृतिक परिवेश आदि ।....नेपाली बालसाहित्यका अधिकांश विषयबस्तुहरु भने काल्पनिक,दैवी र प्राकृतिक छन् (निरञ्जन बज्राचार्य, बालसाहित्य २०५१ः७,पृष्ठ २२) । यसको उदाहरण यी माथि र तल दिइएका सूचीहरुले पनि प्रमाणित गर्दछन् । काल्पनिक तथा कलाअर्थी कृतिहरुबाहेकका विविध वाङ्मयका माथिको सूचीमा समेत विविधताको निकै अभाव देखिन्छ । यो सूचीमा उल्लेख भएका पुस्तकहरुमा स्वस्थ्य र शारीरिक शिक्षा,,भूगोल,इतिहास आदिकै संख्या बढी रहेका छन् ।
यस पछिको समयमा केही राम्रा प्रयासहरु भए । नेपाली भाषा प्रकाशिनी समितिको उत्तराधिकारी साझा प्रकाशनकासाथै नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान,जनक शिक्षा सामग्री केन्द्र,जस्ता सरकारी र सहकारी प्रकाशन लगायत नेपाल बाससाहित्य समाजजस्ता गैर सररकारी क्षेत्रका स्रस्थाहरुले यस क्षेत्रमा निकै उल्लेख्य काम गरेका छन् । यिनका अतिरक्ति रत्नपुस्तक भण्डार,एकता केन्द्र,बाल कोसेली,सिर्जनशील प्रकाशन,बालपुस्तक नेपालआदि निजि प्रकाशनहरुले यस दिशामा उल्लेख्य कार्य गरेका छन् । यी सबै प्रकाशनका कृतिहरु समावेश गरेर नेपाल बालसाहित्य समाजले विसं २०२२ सालदेखि २०५० सालसम्मका १८७ शीर्षक समाविष्ट गरेर निकालेको नेपाली बाल–साहित्यका चुनिएका पुस्तकहरुको सूचीमा व्यक्तिगत,संस्थागत तथा गैर सरकारी संस्थाहरु गरी जम्मा ३८वटा प्रकाशनले बालसाहित्य प्रकाशन गरेका देखिन्छन् । यी सबै प्रकाशनहरुले प्रकाशित गरेका कुल १८७ शीर्षकहरु मध्ये अधिकांश कलाअर्थी बालसाहित्यका पुस्तकहरु रहेका छन । यी मध्ये विविध वाङ्मयका पुस्तकहरु प्रकाशित गर्ने १०वटा मात्र प्रकाशक रहेका छन् र विशुद्ध विालवाङ्मयका प्रकाशित शीर्षकहरु २२वटा देखिएका छन् । यस सूचीमा नपरेका यस अवधिभित्र र बाहिरका समयमा प्रकाशित अन्य १४ कृतिहरु इस सन्दर्भमा उल्लेख्य छन । यी सबै जोडदा पनि अर्थपूर्ण विविध बालवाङ्मयको शीर्षक तीन दर्जन ननाघ्ने अवस्थामा देखिन्छन् । साझाप्रकाशनको विसं २०५८को प्रकाशित पुस्तक सूचीमा कुल ५५वटा बालसाहित्यका पुस्तकहरु प्रकाशन भएको देखाइएकोमा साहित्येतर विसवधबाल वाङ्मयका पुस्तकहरुमा विजय चालिसेको हाम्रो वरिपपरिको विज्ञान,उषा दीक्षित तथा दिवाकर ढङ्गेलको संपादनको नेपाली बाल शब्दकोष र गणेशबहादुर मालीको बैज्ञानिक संसार गरी तीनवटा कमात्र भेटिनुबाट यसको दयनीय अवस्था स्वतः प्रष्ट हुन्छ । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले बामालसाहित्यको प्रकाशनलाई संभवतःअप्राज्ञिक कार्य ठान्दछ,त्यसैले यसको प्रकाशन इतिहासमैं भएका ज्यादै कम बालसाहित्यको प्रकाशनमा जीवनीलाई पनि छाड्ने हो भने डा.तीर्थबहादुर श्रेष्ठको बाल–विज्ञान शीर्षक एकमात्र सुस्तकको प्रकाशन गरेको छ । आफ्ना वरिपकिो घेरामा बाहेक अन्यज्ञ लेखकनदेख्ने प्रतिष्ठानले श्रेष्ठ स्वयम् प्राज्ञनहुनुभएकोे भए संभवत यो सुस्तकको पनि प्रकाशन गर्दैनथ्यो होला । यस हिसाबमा बरु पाठ्यक्रम विकास केन्द्रले प्रशंसनीय काम गरेको छ,तर त्यहाँ पनि हाकिम परिवर्तनको क्रमसँगै यो प्राथमिकता नरहने होकि भन्ने आशंका प्रकट गरिंदै छ । नेपाल बाहिरबाट बरु यस क्षेत्रमा राम्रो प्रयास भएको देखिन्छ ।रादुगा र प्रगसत प्रबाशन मास्कोबाट दुई दर्जनभन्दा बढी बालसाहित्का पुस्तकहरु प्रकाशित छन् र ती मध्ये बग्गीेदखि रकेटसम्म(सन्१९७५),ग्रीष्का र अन्तरिक्ष यात्री(१९८४),पृथ्वीको आकारको खोजी(१९८६),राँकोदेखि रिएक्टरसम्म(१९८६),ब्रह्माण्डा हाम्रो जिज्जुबज्यै(१९८९) आद िगरी पााचवटा विविध बालवाङ्मयका पसूतकहरु देखिन्छन् जङ्गब चौहान्,बालसाहित्य,२०५०ः६)
विसं २०२०मा प्रकाशित बालचन्द्र शर्माको अन्तरिक्ष नामक खगोशास्त्रको पुस्तकदेखिपाठ्यक्रम विकासकेन्द्रका विसं २०५८का विविध बालवाङ्मयहरुको अध्यन गर्दा यस क्षेत्रमा उल्लेख्य देखिने कृतिहरुको संख्या तीन दर्जनभन्दा बढी देखिंदैन । यिनमा सबैभन्दा बढी पाठ्क्रम विकास केन्द्र र यसै अन्तर्गतको प्रथमिक शिक्षा परियोजना बाट आठवटा जति पुस्तकहरुको प्रकाशन भएको देखिन्छ । यिनमा चमेरो,विमललाल श्रेष्ठ,पानी,दुर्गा रेग्मी(२०४५),काकाको खेलौना घर,मोहनराज शर्मा(२०४५),दिलमाया,रमेश विकल,हाम्रा प्राविधिक सम्पदा,डा.छविलाल पोख्रेल(२०४५),बाल सँगालो,सं.गोरखबहादुर सिंह(२०५८),अनौठा प्रााणी र वनस्पति,ध्रुव घिमिरे र गुहनाथ पौडेल(२०५८),हाम्रा सम्पदा,विश्वम्भर चञ्चल(२०५८), प्रमुख रहेका छन् । त्यस पछि बालकोसेली प्रकाशनले आधा दर्जन जति पुस्तक प्रकाशित गरेको छ । तिनमा चोध चौपाया,सोहनलाल रञ्जित(२०४९)गरेर हेरौं,रूपा(२०५४),पानीको कथा,शान्तदास(२०५८),इतिहासका कुरा,दिनेशराज पन्त,पृथ्वको कथा,श्यामसुन्दर श्रेष्ठ(२०५१) आदि उल्लेख्य रहेकाछन् । यस पछि विविन्न विषयका उपयोगी पुस्तक छापेर स्वस्थ्य शिक्षण सामग्री केन्द्रले राम्रो काम गरेको छ ।केटाकेटीबाट केटाकेटीको हेरचाह नामक पुस्तकमाला अन्तर्गत बेलायतका केही बालस्वस्थ्य विशेषज्ञ,शिक्षा विद् र साहित्यकारहरुले मिलेर विकासोन्मुख मुलुकहरुका बालबालिकालाई सघाउने उद्देश्यले तयार पारिएको यो पुस्तक मालाका र्पाचवटा पुस्तक यसले अनुवाद गराएर प्रकाशित गरेकको छ । यिनमा दुर्घटना,अनु.मणीन्द्ररञ्जन बराल(२०४७), असल खाना,अनु.रमेशकान्त अधिकारी(२०४७),सुजीपलाई सिकाउँदा,अनु.रामजीप्रसाद पाठक(२०४७), ज्वरो,अनु.पुष्पराज शर्मा(२०४७), र सजिलो उपचार,मोहनप्रसाद जोशी(२०४७) शीर्षक हुन् । नवप्रतिभा(बुद्धिबङ्गाराको खेल,कविताराम श्रेष्ठ,,साझा प्रकाशन(हाम्रो वरिपरिको विज्ञान,विजय चालिसे,२०५२),नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान(बालविज्ञान प्रश्नोत्तर,डा.तीर्थबहादुर श्रेष्ठ र विमलमान श्रेष्ठ,२०४०),जनक शिक्षा सामग्री केन्द(घरपालुवा जनावर्र,सागरनाथ उप्रेती,२०४४), र एकता बुक्स(बालक,विरुवा र पृथ्वी माता,गेहेन्द्रभूषण पोख्रेली,२०४९) आदि उल्लेख्य कृतिहरु ह्ुन् । जेओभीसी(चराको चित्रकथा,२०४९),सामुदायिक वन विकास कार्यक्रम(जीवनका लागि रुख,मोहन गोपाल न्याछ्यों,२०४९),गुनाएटेड मिसन नेपालको पीपल बुक्स(नेपालको आफ्नो सर्कस,२०४३, र पहिरोको सम्झना,२०५०)डोटी ग्रामीण विकासका निम्ति शिक्षा परियोजना(गरीबको पढाइ,नन्दा ज्ञवाली,२०४१) आदि सरकारी तथा गैरसरकारी क्षेत्रबा राम्रा प्रकाशनहरुका उदाहरण रहेका छन् । पाठ्यक्रम बाहेक विज्ञान लगायतका विविधज्ञानविज्ञानका विषयमा हाम्रो स्थिति अत्यन्त दयनीय रहेको यस अध्ययनले प्रष्ट पारेको छ । संवत् १९४४मा सुब्बा जनकराजन श्रेष्ठले किन कसरी भन्ने नामको पुस्तक प्रश्नोत्तरको रूपमा नेपाली भाषा प्रकाशिनी समितिबाट प्रकाशित गरेपछि २०३७सालमा वनर्मलकुमार लिखित ज्ञानविज्ञान नामक पुस्तक पछि यो(बाल विज्ञान प्रश्नोत्तर) नेराप्रप्रबाट प्रबाशित भएको (डा. तीर्थबहादुर श्रेष्ठ,भूमिका बाल विज्ञान प्रश्नोत्तर) भन्ने भनाइले पनि यस क्षेको दयनीयताकै चित्रण गर्दछ ।

विविध वाङ्मयको विकासमा समस्याहरु
राष्ट्रसंघीय बालअधिकार सम्बन्धी महासन्धिको धारा १७ले“राज्य पक्षहरुले सार्वजनिक सञ्चार माध्यमहरुले खेलेको महत्वपूर्ण भूमिकाहरुलाई मान्यता दिनेछन् । विषेषतः बालबालिकाको सामाजिक,आध्यात्मिक र नैतिक हितहरुमा हारीरिक एवम् मानसिक स्वस्थ्य सम्बर्धनको उद्देश्य राखी ररारष्ट्रिय तथा अन्तराष्ट्रिय श्रोतहरुको विविधताबााट बालबाकिको जानकारी र जानकारी प्राप्त गर्ने सक्ने व्यवस्था मिलाउने छ ।” भन्दै उपधारा “ग”मा बाल पुस्तकहरुको उत्पादन र वितरणलाई प्रोत्साहन दिने छ भन्ने स्पष्ट किटान गरेको छ ।
तर हाम्रो सम्बन्धमा राज्यले बाल पाठ्यसामग्री उत्पादनका लागि पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तकका अअितरिक्त केही प्रकाशनहरु गरे पनि यस तर्फ ठोस संस्थागत प्रकाशनमा कुनै ध्यान दिएको छैन । सरकारी नै नभए पनि सहकारी संस्थाको रुपाम चलेको साझा प्रकाशशनले यसतर्फ केही काम गरे पनि सरकारकै पूर्ण खर्चमा चल्ने नेपाल राजकीय प्रज्ञाप्रतिष्ठिान जस्ता संस्थाले आफ्ना बृत्तका पुस्तकहरु छाप्नै फुर्सत नपाएर अरुमाथि त न्याय गर्ने सकिरहेका छैनन् भने बाल पाठ्सामर्गीको प्रकाशनमा लगानी गर्ने कुरा कसरी कम्भव होस् ।
बालबालिकामा ज्ञान–बुद्धिको विकास गर्नु।सदाचार ,सद्विचारको प्रचारप्रसार गर्नुका लागि शैििक्षक ,बौद्धिक विकास अनिवायै शर्त हो र यसको विकासका लागि बाल साहित्यका साथै ज्ञान–विज्ञानका यावत् पक्षमा पाठ्य सामग्रीहरु आवश्यक हुने कुरा स्वतः प्रमाणित छ ।
यसका लागि सरकारी ािकायहरु,स्वशासित संस्थाहरु,सहकारी र साहित्यिक संस्थाहरु,निजी क्षेत्रका प्रकाशक,विक्रेताहरु सबैको सहभागितामूलक सहयोग आवश्यक हुन्छ ।
अहिले बालबालिकाको लागि नेपाली र नेवारी भाषामा साहित्य र अन्य विषयका पुस्तक वा पाठ्यसामग्री प्रकाशन गर्नेहरुमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान,पाठ्यक्रम विकास केन्द्र,साझा प्रकाशन,रत्नपुस्तक भण्डार,बालकोसेली प्रकाशन,शीर्जिनशील प्रकाशन,पासामुना पूर्ण बुकस्टल,एकता बुक्सआदि प्रमुख देखिन्छन् । यी बाहेक बालमन्दिरजस्ता संस्था,रातोबङ्गलाजस्ता केही विद्यालयहरुको पनि यसमा सहभागिता रहेको देखिन्छ ।
नेपालमा अहिले साक्षरताको प्रतिशत जति छ र त्यसमा महिलाको प्रतिशत मात्र रहेको छ । साक्ष्रता,बालबालिका,विद्यालय संख्या र बालबालिकामा पढ्ने बानीको क्रमिक विकास देखिएको छ । तर यो विकास र आवश्यकता तथा मागलाई पूरागर्ने हिसावे बालसाहित्य र पाठ्यसामग्री उत्पादन,विकास प्रकाशन गर्नेतर्फ भने खास्र काम हुन सकेको छैन । उपयुक्त वितरण संयन्त्र,प्रकाशकहरुको आर्थिक र अन्य क्ष्मताका कारण न्यून संख्यामा हुने मुद्रण,बालसाहित्य र अन्य पाठ्य सामग्रीहरुमा विविधताको अभाव,मुद्रण,लेखन,चित्राङ्कन र उत्पादनका समग्रपक्षमा रहेका कमजोरीहरुका कारण हाम्रो आवश्यकता र चाहना पूरा हुन नसकेबाट बिदेशी प्रकाशनका पाठ्यसाम्रीहरुले ठूलो बजार कब्जा गरिरहेका छन् । आजभन्दा सोह्र वर्ष अघिसबैका लागि पुस्तक कार्यक्रम अन्तर्गत आयोजित राष्ट्रिय पुस्तक प्रदर्शनीमा दिएको जनाकारीले पनि यसको पुष्टि गर्दछ । सो अनुसार त्यतिबेला पाँचसय जति शीर्षकमा बीसहजार जति संख्यामा
प्रोढ तथा साक्ष्रता कक्षाहरुको प्रसार,पुस्तकालय तथा वाचनालयहरुको धेरैभन्दा धेरै स्थापना गर्ने राष्ट्रिय आन्दोलनका रुपमैं प्रयाश हुनुपर्ने । योजनाबद्ध र संगठित प्रयास र उत्पादन तथा वितरण प्रणलीमा इवपक सुधार र पूर्वाधारहरुको निर्माण आवश्यक रहेको छ ।

परिशिष्ट
गोरखा भाषा प्रकाशिनी समिति नेपाली भाषा प्रकाशिनी समितिमा नाम परिवर्तन हुनु अघिको बीस वर्षे अवधिमा राममणि दीक्षितका गोरखा शिक्षा पहिलो पुस्तक(विसं १९७२),शिक्षा दोस्रो पुस्तक(१९७३),शिशु बोधिनी भाग १ र २(१९७८),गोरखा स्वस्थ्य विज्ञान(१९८०)आदि विविध बालवाङ्मयका केही महत्वपूर्ण पुस्तक प्रकाशित भएका देखिन्छन् । यो क्रम नेपाली भाषा प्रकाशिनी समितिले पनि जारी राखेको देखिन्छ । चक्रपाणि चालिसेको नेपाली शिक्षा पहिलो,दोश्रो र तेश्रो भाग(विसं १९९१),धर्म शिक्षा भाग १देखि ३(विसं १९९१),स्वस्थ्य विज्ञान विसं १९९५),पुष्कर शम्शेरको उखान टुक्का कोष विसं १९९८),नेपाली सजिलो व्यकरण(२००१),सिद्धराज जोशीको मुखाग्र गणित(विसं १९९२),बाल बोध(विसं १९९५),बालबोध सचित्र(विसं १९९९),नेपाली व्याकरण परिचय (विसं २००२)नवरत्न परिचय(विसं २००३),गणित परिचय(विसं २००४),ज्ञानप्रसाद पोख्रेलको बालस्वस्थ्य शिक्षा(विसं १९९५),केशवलाल कर्माचार्यको भारतको इतिहास(विसं २०००)श्यामदास वैष्णव र चित्तरञ्जनको सम्पादनको बाल विज्ञान किरण(विसं २००३), बालकृष्ण अधिकारीको बालबोध व्यारण भाग १(विसं १९९६),प्रेमसागर दवाडीको विज्ञान दर्पण(विसं १९९८),रामचन्द्र अधिकारीको प्रसिद्ध आठ महापुरूष विसं २०००),नरेन्द्रनाथ रिमालको अआरोग्य ल्दर्पण(विसं २००२) आदि यसका उदाहरण हुन् (स्रोतःमदन पौरख) ।


पछिको योे कालखण्डमा नरेन्द्रबहादुर थापा(आधार शिशु बोधिनी ,२००५,बाल भूगोल परिचय,२००६),मदन थापा(स्वस्थ्य शिक्षा र गार्हस्थ विधि(अनु.२००५),रामजीप्रसाद अर्याल(सामान्य जगत–१,२००६)सामान्य भूगोल,२०१४),बुद्धिलाल बैद्य(खानेकुरा किन खाइन्छ,२००७),रामप्रसाद तण्डुकार(भूगोल,२००७,सफाइ र स्वस्थ्य,२०११,विषमज्वर र हैजाबाट बच्ने उपाय,२०१५ र शरीर र भोजन,२०१६),इन्द्रमान बैद्य(पशिहलो उपचार,२००९,संक्षिप्त शरीर विज्ञान,२०१२ )चन्द्रदेव ओझा(प्रारम्भिक भूगोल भाग १,२,२०१०),माधवलाल कर्माचार्य(भूगोल विद्या पहिलो भाग,२०१०), श्यामराजध्वज जोशी(इतिहास, २०१२),मीरा मिक्सर्स(जुका र हाम्रा शत्रुहरू,अनु.२०१३),केशवलाल कर्माचार्य(संक्षिप्त बुद्ध जीवनी (अनु २०१३),देवीप्रसाद काफ्ले(नेपाली सामान्य ज्ञान कुसुम,२०१३,स्वस्थ्य परिचय भाग१–७,२०१४,नेपाली गणित कुसुम भाग ३–४,२०१६),रणबहादुर थापा(भोजन,मानव शरीर र रचना विज्ञान,२०१३)रामसिंह ठकुरी(नेपाल भूगोल दर्पण भाग १–२,,अनु २०१४),मुरलीधर भट्टराई(राष्ट्रियता र गाई,२०१४),खगेन्द्रकुमार प्रधानाङ्ग(विज्ञानको ज्ञान,२०१५),नरेन्द्रनाथ रिमाल(राजयक्ष्मा, २०१५),पासाङ् गोपर्मा(शारीरिक शिक्षा,२०१६),मायादेवी क्षेत्री(गौतम बुद्धको जीवन चरित्र,२०१६) आदि केही उल्लेख्य बालपाठ्य सामग्रीका लेखक देखिएका छन् ।
यस अवधिका केही उल्लेख्य लेखक र कृतिहरुमा कृष्णराज अर्याल(रमाइलो कुरा भाग १–३,२०१८),शान्तिजङ्ग राण ।र चन्द्रकला किरणा(घर छिमेकी भाग१–३,२०१८), नरेन्द्रबहादुर बस्नेत(टीबी,हैजा,रुघाखोकी,सबै२०१९ र प्राथमिक उपचार,२०२१), केशवबहादु र रामहरि जोशी(स्वस्थ्य र विज्ञान,२०२०),चन्द्रबहादुर कार्की(चन्द्रलोक,२०२३),दीक्षित र बराल(हाइफाइ,२०२३ र स्वस्थ्य र विज्ञान,२०२७)गणेशबहादुर माली(वैज्ञानिक संसार, २०२६), टेकबहादुर राना र गुलाब काजी पाण्डे(प्रथमिक उपचार),जीवनराज अधिकारी(सरल नैतिक शिक्षा र हाम्रा पुर्खा,२०२७),डा.श्रद्धामान शाक्य(विज्ञानको खोजीनीति,२०२७),काजीममान् बज्राचार्य(प्रारम्मिभक जीव विज्ञान),शिवकुमार पराजुली(मेरो विज्ञान,२०३२),गेहेन्द्रभूषण पोख्रेली(प्रारम्भिक विज्ञान,२०३२),लक्ष्मीकेशरी मानन्धर(सूक्ष्म जीवहरुबारे एक परिचय,२०३३) र लैनसिंह वाङ्देल(बालचित्रकला मिति नखुलेको) आदि हुन् ।

No comments:

Post a Comment