Tuesday, August 17, 2010

बालसाहित्य
हामी कस्तो पाठ्यसामग्री दिइरहेका छौं ?
–विजय चालिसे

बालसाहित्य विद्यालयीय पाठ्पुस्तकभन्दा एकदमैं अलग विषय हो । यसले बालबालिकाहरूलाई मनोरञ्जन गराउँदै मनमा उठ्ने जिज्ञासाहरूको समाधान गरेर मानसिक विकासमा सही दिशा प्रदान गर्छ । त्यसैले बाल साहित्यका अध्येता लिलियन स्मिथको भनाइ सापटी लिएर भन्न सकिन्छ– केटाकेटीका लागि लेखिएका सबै सामगैी वा पुस्तक बालसाहित्य नै हुन्छन भन्ने होइन । ठूला मानिसले बालसाात्यि मानेका सबै रचना र कृति केटाकेटीहरुको दृष्टिमा पनि बालसाहित्य नै हुन्छ भन्ने पनि होइन । यस्ता धेरै मानिस छन् जो ठूलाका कुरालाई सरल भाषमा लेखिदिनु नै बालसाहित्य मान्छन्, यसो भन्नु बालकलाई ठूला मानिसको लघुसंस्करण मान्नुको भ्रम हो । सत्य यो हो, बालकको अनुभव ठूलाको भन्दा एकदमै भिन्न हुन्छ । उनीहरुको संसार भिन्नै हुँछ, जसमा जीवनको मूल्य बालसुलभ मानेविज्ञानमा आधारित रहन्छ । ठूलाको अपेक्षमा सानाको समस्याहरु बढी सरलहुन्छन् । उनीहरु ठूलाको भन्दा अपेक्षकृत रुपमा निश्छल र संवेदनशील हुन्छन्
पोल हेजार्ड बालकका लागि त्यस्तो पुस्तक राम्रो मान्छन्, जसबाट उनीहरुले बाहिरी मात्र होइन भित्री ज्ञानसमेत पाउँछन् । यस्तो अन्तरज्ञानले उनीहरुको मानसिक अवस्थालाई ठीक ढंगमा निर्देशित गर्दछ । उनी भन्छन्– यस्ता पस्तकले बालकलाई एउटा यस्तो सौन्दर्य देओस्, जसलाई उनीहरु सरलतापूर्वक ग्रहण गर्नसकून्, उनीहरुमा यस्तो भावको सञ्चार गरोस् जुन उसको जीवनामा चिरस्थायी बन्न सको्स् । उनीहरुको मनमा प्राणाीमात्रका लागि आस्था जागृत गर्ने सकोस् र साहस र कर्मप्रति आदरभाव बढाइदेओस् ।
यी आधारमा हेर्ने हो भने हाम्रो यथार्थ यी भनाइका अनूकूल देखिंदैन । बालबालिकालाई आज पनि हामी सामन्ती कथाको चमकदमकमा भ्रमित गरिरहेका छौ, उपभोक्तावादी संस्कार संस्कतिमा दीक्षीत गरिरहेका छौं । आज लेखिने बालसाहित्य लेखकीय मौलिक सोच, चिन्तन, र युगानुकूल यथार्थबोधगरेर लेखिएका छन्, आकलन कठिन नहोला । बालसाहित्यको पर्याय कथा–कविता, त्यो पनि पुनर्कथित कथा मात्र मानिने पृष्ठूमिमा सूचनात्मक बालसाहित्य अर्थात् तथ्यमा आधारित जानकारी वा सूचनामूलक बालसाहित्य तर्फ हाम्रो पर्याप्त ध्यान गएको छैन । विषयको बेझिलता, शुष्कता,र तथ्यको प्रभावलाई हलुको पार्न त्यसलाई कथात्मक परिवेश दिएर तयार गरिएका ज्ञानविज्ञान वा सूचनाका विविध पक्ष आजको आवश्यकता हो, यसलाई नेपाली बालसाहित्यले अझै खास महत्व दिएको छैन ।
कुनै पनि देशको विकास र शिक्षनीतिको सफलता उसले आफ्ना बालबालिकालाई भविष्यको समाज, ज्ञान, प्रविधिजस्ता पक्षमा कसरी तयार गरिरहेको छ भन्ने कुरामा निर्भर गर्दछ । आज आमरञ्चार माध्यमहरुले जुन गतिमा सूचना–ज्ञानको प्रसार गरिरहेका छन् बालबालिकामा पनि त्यही गतिमा जिज्ञासाको बृद्धिभइरहेको छ । त्यो जिज्ञासा शान्त पार्न पनि समय र बालबालिकाको मानसिक विकास अनुरुपका बालपाठ्य सामग्रीहरूको तयारी आवश्यक देखिएको छ । यिनै आवश्यकताले बालसाहित्य भनेको बालकहरुका लागि भनेर लेखिएका कथा, कविता, निबन्ध, जीवनी नाटक, लोककथा र पौराणिक कथाहरुको सरल रूपान्तरण वा प्रौढ साहित्यको सरल रूपान्तरण मात्र हो भन्ने पुरानो मान्यतामा निकै परिवर्तन ल्याइदिएको छ ।
बालकहरू बाह्यजगत् तर्फ उन्मुख हुन्छन् । उनीहरु जुन बस्तु देख्छन्, व्यवहारमा प्रयोग गर्छन्, त्यसको रहस्य जान्न जान्न निकै उत्सुक हुन्छन् । उनीहरू आफू, आपूm वरिपरिका र अर्काको जीवनको अनुभवजन्य आश्चर्यहरु जान्ने प्रयत्न गर्दछन् । आफनो अगाडिका यी कुराहरुको बारेमा पूर्ण जानकारी चाहन्छन् । यसर्थ सूचनाको विशाल फाँट; खोला–खहरे, नदीनाला, सागर, ताल–ताउ; गुफा, चट्टान, हिमशिखर; अन्तरिक्ष र विश्वब्रह्माण्डका रहस्यहरू; तिनले भन्ने प्रकृति, अन्तरिक्ष, मानिस र मानवीय विकास; सुखदुख र संघर्षका कथाहरु; जीवजन्तु, अनौठा ठाउँहरु आदि सबै नै बालजिज्ञासाका विषय हुन् । यी सबै विषयले बालकलाई सधैं गंभीर आमन्त्रण गरिरहेको हुन्छ । यिनको जानकारीले बालबालिकाको अनुभव र जीवनलाई समृद्ध बनाउन अत्यन्तै ठूलो मदत पुग्दछ । यसरी आज साहित्य शब्द र विशेषतः बालसाहित्यको क्षेत्र निरन्तर विस्तारित भइरहेको छ । प्रौढहरुको जस्तै बालकहरुको पठन चाहना पनि आवश्यकतासँगै परिवर्तन हँुदैजान्छ । यस अर्थमा आजको नवीन आविष्कार अर्थात् कम्प्युटर, भू–उपग्रह, टेलिभिजनजस्ता सूचना प्रविििधका नयाँ नयाँ कुराबारे जान्नु आजका बालबालिकाको रूचि र आवश्यकताभित्रै पर्दछ ।
बालकहरु आफू बसेको संसार र यसका मानिसहरुका बारेमा सत्य जानकारी चाहन्छन् र यसबाट उनीहरू आफ्नैं बारेमा जानकारी लिइरहेका हुन्छन् । बालक उसको समाजमा के ठीक छ, के छैन भन्ने जान्न चाहन्छ । पुस्तकले यी भौतिक–सांस्कृतिक मूल्यहरुको संप्रेषण गर्दछ । ऊ आफ्नो वरिपरि विभिन्न कुराहरु देख्दछ र तिनका बारेमा जान्न चाहेर जिज्ञासा राख्दछ । उदाहरणका लागि ऊ आफूलाई देख्छ, आफ्ना आमा बाबालाई देख्छ र बाजेबज्यैलाई पनि देख्छ । अनि उसको मनमा जिज्ञासा उठ्छ–ऊ किन यति सानो, उसका बाबाआमा किन ऊभन्दा अग्ला र मोटा ? बाजेबज्यैको कपाल किन सेता,उसको किन कालो ? किन उनीहरुको अनुहारमा चाउरी नै चाउरी ? उनीहरु किन कुप्रिएका ? ऊ आफूलाई देख्छ र आप्mना दिदी बहिनीलाई देख्छ । अनि आफैंसँग प्रश्न गर्छ, हाम्रो शरीरमा किन यस्तो भिन्नता ? ऊ घरमा आमाले चिया पकाएको देख्छ र उसको मनमा जिज्ञासापूर्ण प्रश्न जन्मन्छन्– चिया के हो ? कसरी बन्छ ? चिनी के हो र यो केबाट कसरी बन्छ ? दूध के हो ? दूध खाँदा के फाइदा हुन्छ ? बस्तुभाउले दूध कसरी दिन्छ ? आगोले कसरी दूध र पानी आदिलाई उमाल्छ ? आदि...आदि । ऊ घरको वरिपरि बोटबिरुवा देख्छ । तिनका हरिया पात, रङ्गीचङ्गी फूल,र फलहरु देख्छ अनि उसका मनमा अनेकौ ंप्रश्न उब्जन्छन् । घाम, बादल र हावापानीजस्ता कुरा देखेर पनि उसभित्र तिनका बारेमा जिज्ञासा पैदा हुन्छ । यी र यस्तै अनेकौं जिज्ञासाको विषयका जानकारी बालकको रूचिक्षेत्र हो । रुसोले अठारौं शताब्दीको उत्तरार्धमैं आफ्नो कृति एमिलमा रूचिको स्थानलाई जोड दिएका हुन् । यी बाल रुचिका धेरै क्षेत्रहरू नेपाली बालसाहित्यमा भित्रिन अझै बाँकी नै छ ।
बालबालिकामा ज्ञान–बुद्धिको विकास गर्नु सदाचार, सद्विचारको प्रचारप्रसार गर्नुका लागि शैििक्षक, बौद्धिक विकास अनिवार्य शर्त हो र यसकालागि ज्ञान–विज्ञानका यावत् पक्षमा पाठ्य सामग्री आवश्यक पर्छ । विविधता र संख्याको हिसाबले समेत हामीकहाँ ज्यादै कम प्रयास भएको छ । अङ्ग्रेजी बालसाहित्यमा विषयबस्तुको क्षेत्रविस्तृत देखा पर्दछ, जस्तै विज्ञान, अन्वेषण, अन्तरिक्ष, विकास अनुसन्धान, अवलोकन, प्रकृति, वास्तविक तथ्य, काल्पनिक–प्राकृतिक परिवेश आदि ।....नेपाली बालसाहित्यका अधिकांश विषयबस्तुहरु भने काल्पनिक, दैवी र प्राकृतिक परिप्रेक्षभन्दा अलग्गिन सकेका छैनन् ।
यसका लागि सरकारी निकाय, स्वशासित संस्था, सहकारी र साहित्यिक संस्था, नजी क्षेत्रका प्रकाशक, विक्रेताहरूको सहभागितामूलक सहयोग आवश्यक पर्छ । साक्षरता, बालबालिका र उनीहरुको पढ्ने बानीका साथै विद्यालय संख्यामा क्रमिक विकास भएका छन् यति भएर पनि आवश्यक विविध बाल–पाठ्य सामग्रीको आवश्यकता र माग अनुरूप यसको उत्पादन, विकास र प्रकाशन हुन सकेको छैन । उपयुक्त वितरण संयन्त्रको अभाव, प्रकाशकहरुको आर्थिक र अन्य क्षमताको कमी आदि कारणले न्यून संख्यामा हुने मुद्रण, बालसाहित्य र अन्य पाठ्य सामग्रीहरुमा विविधताको अभाव, मुद्रण, लेखन, चित्राङ्कन र उत्पादनका समग्रपक्षमा रहेका कमजोरीले गर्दा हाम्रो आवश्यकता र चाहना पूरा हुन सकेको छैन । विदेशी प्रकाशनका पाठ्यसामग्रीले हाम्रो बजारमा कब्जा जमाइरहेका छन् ।
प्रौढ तथा साक्षरता कक्षाहरुको प्रसार तथा पुस्तकालय र वाचनालयहरू धेरैभन्दा धेरै स्थापना गर्ने तर्फ राष्ट्रिय आन्दोलन नै चलाइनु आवश्यक भइसकेकोछ । योजनाबद्ध तथा संगठित प्रयास र उत्पादन तथा वितरण प्रणालीमा सुधार गरी पूर्वाधारहरूको निर्माण गर्नु आजको पहिलो आवश्यक हो । स्तरीय विविध बाल वाङ्मय प्रकाशन योजना तयार गरी पुस्तक लेखाउने, प्रकाशन गर्ने र तिनको प्रभावकारी वितरण गर्ने तर्फ ठोस प्रयासको आवश्यकता छ । यस दिशामा केही गर्न भनी आएका व्यक्ति–संस्थाहरू नदेखिएका पनि होइनन् । आएका मा एक थरी सीमित श्रोत–साधन र सामथ्र्य भएका असंगठित प्रयासहरू छन् । सीमित रुपमा नै भए पनि तिनबाट भएका प्रायास सामान्य बाल पाठकका लागि उपयोगी पनि भएका छन् । अर्काथरी युनिसेफ लगायतका विदेशी दातृसंसस्थाबाट छरिने दरिलो रकम हात पारेर यस्ता काममा लागीपर्नेहरू छन् । उनीहरू स्तरीयताका नाउँमा आकर्षक छपाइ, उच्च प्रचारप्रसाको विज्ञापन कौसल आदि उपायबाट चर्चित बन्छन् । विदेशी सहयोगमा आफ्नै सीमित समूहका सदस्यहरूबाट लेख्ने लेखाइने अभ्यासमा विदेशी अनुदान सहयोगको बाँडचुँड हुन्छ । अरुका प्रकाशित रचनाहरू स्वीकृति बेगर सङ्कलन गरेर विदेशी रकमको ठूलो सहयोगमा प्रकाशन गर्छन्, लेखकलाई पारिश्रमिक त कुरै छाडौं, एक प्रति पुस्तक उपलब्ध गराउने शिष्टाचार समेत पूरा गदैृनन् । त्यति गरेर बालबालिबालाई निशुल्क, नभए नाममात्रको मोल राखेर उपलब्धभ गराएको भए पनि सन्तोष हुन्थ्यो । पुस्तकाको मूल्य पचास साठी रुपियाँभन्दा कम राखेको देखिंदैन । बालसाहित्य र बालसाहित्यको नाउँमा यस्तो खाले विदेशी सहयोगको व्यवसाय चलाउने प्रभावशालीहरू अलिकति पनि इमान्दार भइदिएर विदेशी सहयोगको सही उपयोग गर्नुपर्छ भन्ने सद्बुद्धि आएदिीमा पनि केही उपलब्धि हुनेछ ।
(मिर्मिरे मासिकलाई पठाएको २०६३ पुस २९)
साहित्यिक पत्रकारिताको वर्तमान स्थिति
–विजय चालिसे
प्रस्तावना ÷ ऐतिहासिक सन्दर्भ
आधुनिक पत्रकारिताको अवधारणा हामीकहाँ पश्चिमबाट आएकोले साहित्यिक वा अन्य विषगत पत्रिकाको अर्थ पनि अङ्ग्रेजीको म्यागाजिनकै अर्थमा खोज्नु पर्ने हुन्छ । इन्साइक्लोपिडिया एन्कार्टाले समाचार, लेख, कविता, कथा वा अन्य प्रकारका लेखन समाविष्ट निश्चित समयमा नियमित प्रकाशित हुने प्रकाशनलाई आवधिक प्रकाशन वा म्यागाजिन भनेको देखिन्छ । यो स्वरूप–संरचनाका हिसाबले पनि समाचारपत्रभन्दा भिन्न हुन्छ । अधिकांश अखबारले समाचारलाई प्राथमिकता दिन्छन्, आवधिक प्रकाशनका पत्रिकाले विशेष प्रकारका घटना र समाचारलाई केही स्थान दिए पनि आफ्नो प्राथमिकतामा विशिष्ट उद्देश्यभित्रका सामग्रीहरूको सन्तुलित समायोजनलाई प्राथमिकता दिने गर्छ । सन् १९९०को दशकयता इण्टरनेटको विकासले अखबार र आवधिक प्रकाशनको यो संरचनागत स्वरूपमा भने ज्यादै झिनो मात्र अन्तर देखिन थालेको छ ।
पश्चिमी पत्रिकाको विकास हेर्ने हो भने जर्मनीको एर्वाबाउलिक मोनाथ्स (१६६३–६८)वा मासिक छलफल (भ्चदबगष्अिजभ ःयलबतजक(ग्लतभचचभमगलनभल०, फ्रान्सेली जर्नल डेस स्काभान्स १६६५ (व्यगचलब िमभक क्अबखबलक), र अङ्ग्रेजी रोयल सोसायटी अफ लण्डनको फिलोसफिकल ट्रान्ज्याक्सन १९६५ (एजष्यिकयउजष्अब ित्चबलकबअतष्यलक) आदि प्रारम्भिक समयका पत्रिकाले सामान्यतया कला, साहित्य, दर्शन, र विज्ञान विषयमा निबन्धहरूको प्रकाशन गर्ने गरेको उल्लेख पाइन्छ । अठारांैं शताब्दीका आवधिक प्रकाशनहरूमा बेलायतबाट प्रकाशित ट्याट्लर (१७०९–११), द स्पेक्टेटर (१७११–१२), ¥याम्बलर (१७५०–५२), र स्यामुल जोन्सनद्वारा स्थापित द आइडलर (१७५८–१७६०) आदि निबन्ध विषयक सर्वाधिक प्रसिद्ध पत्रिका मानिन्छन् । अठारौं शताब्दीको उत्तरार्धतिर फ्रान्स र जर्मनीका आवधिक प्रकाशनहरूले सम्बन्धित समाचारका रूपमा सामान्य जानकारी पनि दिनथाले । तीमध्ये लामो समयसम्म प्रकाशित जर्मनीको प्रसिद्ध अल्जेमेइन लिटरेचर जाइटुङ वा जनरल लिटरेरी न्युज (१७८५–१८४९) नवीन साहित्यिक विचारसँग सम्ब्न्धित मान्थ्यिो ।
मनोरञ्जनका विविध समग्रीयुक्त आधुनिक संसारको पहिलो आवधिक पत्रिका अङ्ग्रेजीको द जेण्टलम्यान्स म्यागेजिन (१७३१–१९०७) देखि यस्ता आवधिक प्रकाशनमा म्यागाजिन शब्दको प्रयोग हुनथाल्यो । यस पत्रिकामा राजनीतिक विवाद, निबन्ध, कथा, कविता आदि समावेश गरिन्थ्यो । यो त्यस समयको अत्यन्तै प्रभावशाली प्रकाशन मानिन्थ्यो । अमेरिकी राजनेता तथा वैज्ञानिक बेञ्जामिन फ्र्याङ्कलिनले स्थापना गरेका जनरल म्यागाजिन र हिस्टोरिकल क्रोनिकल तथा अमेरिकी मुद्रण उद्योगी एण्ड्र्यु ब्राडफोर्डले स्थापना गरेका दुई पत्रिकाको आदर्श नमुना बेलायतको त्यही द जेण्टलम्यान्स म्यागाजिन बन्न पुगेको मानिन्छ । सन् १९४१मा प्रकाशित ती दुबै प्रतिद्वन्दी पत्रिका केही महिनाभन्दा बढी भने चल्न सकेनन् । तर पनि अमेरिकी म्यागाजिनको इतिहासमा प्रथम वास्तविक अमेरिकी म्यगेजिन तिनै दुई मानिन्छन् ।
उन्नाईसौं शताब्दीको युरोपमा ग्राहम्स म्यागाजिन (१८२६–१८५८), र सदर्न लिटरेरी म्यासेन्जर (१८३४–१८६४)जस्ता गंभीर प्रकारका मासिक र त्रैमासिक साहित्यिक रिभ्युहरू प्रकाशनमा आए । यी दुबै पत्रिकामा लेखक र समालोचकका रुपमा एडगर एलेन पोको संलग्नता थियो । त्यस्तै न्यु इङ्गल्याण्ड ट्रान्सिडेण्टलिष्टहरूको जर्नलका रूपमा प्रकाशित द डायल (१८४०–१८४४) अर्को प्रसिद्ध प्रकाशन मान्थ्यिो । सुरुमा यसको सम्पादनमा मार्गरेट फुलरले संलग्न रहे पनि पछि राल्फ वाल्डो इमर्सनजस्ता प्रख्यात लेखक– साहित्यकारले यसको सम्पादन गरेको पाइन्छ । उन्नाईसौं शताब्दीको उत्तरार्धमा पत्रिकाहरू सचित्र हुन थाले, साजसज्जामा विशेष ध्यान दिन थालियो । त्यही समयको पञ्च नामक साप्ताहिक बृटिश पत्रिकाले लेख र व्यङ्ग्यचित्रका माध्यमबाट प्रवाह हुने विचारोत्तेजक तथा बुद्धिमत्तापूर्ण अभिव्यक्तिका लागि पसिद्ध पायो । यसको अनुकरण जर्मनी र अमेरिकाका पछिल्ला प्रसिद्ध प्रकाशन सिम्प्लिसिसिमस (१८९६–१९४४; १९५६–१९६७) र द न्युयोर्कर ( १९२५) ले गरे ।
उन्नाईसौं शताब्दीमा चित्रसज्जा र छपाइ सुविधामा भएको विकास तथा सुधारले युरोप र विशेषतः अमेरिकामा बहुप्रसारको युग प्रारम्भ ग¥यो । फलतः सुरूचिपूर्ण साजसज्जा र स्तरीय उत्पादनयुक्त पत्रिकाको प्रकाशन तथा पाठक सङ्ख्या र प्रकारमा समेत निकै बृद्धि भयो । यो क्षेत्रमा अमेरिकी मासिक हार्पर म्यागाजिनले अभूतपूर्व क्रान्ति ल्याइदियो । त्यसको लगत्तै सचित्र म्यगाजिनको सर्वाधिक सफल उदारहरण तथा हार्परको प्रतिद्वन्दीका रूपमा सेन्चुरी (१८८१–१९३०) र स्क्राइबर्स म्यागाजिन (१८८७–१९३९) देखा परे । विलियम डिन हावेलजस्ता प्रख्यात लेखक–समालोचकद्वारा सम्पादित द एटलाण्टिक (१८५७) मूलतः साहित्यिक पत्रिकाको रूपमा प्रख्यात भयो । सुरुमा द एटलाण्टिक मन्थ्लीका नाउँमा प्रकाशित हुँदै आएको यो पत्रिका अहिलेसम्मै निरन्तर प्रकाशित भइरहेको छ । बीसौं शताब्दीको प्रारम्भतिर स्मार्ट सेट (१९००–१९३०), भ्यानिटी फेयर (१९१३–१९३६), अमेरिकन मर्करी (१९२४–१९५१)जस्ता अरु विशेषप्रकारका साहित्यिक स्वाद दिने विभिन्न म्यागाजिनहरू प्रकाशनमा आए । अमेरिकी मर्करीको सम्पादन प्रसिद्ध समालोचक एच.एल. मेन्केन तथा जर्ज जिन नाथनले गर्थे ।
यसैबीच बीसौं शताब्दीको पूर्वाद्र्धभरि नै कथित साना पत्रिकाहरूको प्रकाशनले साहित्यकोे विकासमा निकै सघाउ पु¥यायो । आकारमा साना र सीमित पाठकका लागि प्रयोगात्मक लेखनलाई प्राथमिकता दिने यस्ता पत्रिकाहरूमा पोइट्री (१९१२), डायल (१८८०–१९२९) र केन्योन रिभ्यु (१९३९–१९७०) ले अनेकौं नयाँ लेखक जन्माए । यही क्रममा अनेकौं विश्वविद्यालयहरूले साहित्यिक त्रैमासिक पत्रिकाहरूलाई आर्थिक सहयोग गर्न थाले । स्याटर डे रिभ्यु अफ लिटरेचर (१९२४ जुन सन् १९७३मा आएर स्याटरडे रिभ्यु वल्र्डको नाउँमा आउन थाल्यो, द न्युयोर्कर (१९२५), द नेसनल रिभ्यु आदि गंभीर प्रकाशनहरूको प्रकाशनसँगै अमेरिकामा पत्रिका पाठकको सङ्ख्या निकै बढयो ।
सन्दर्भः नेपाली साहित्यिक पत्रकारिता
सुरुमा नेपाल बाहिरबाट प्रारम्भ भएको नेपाली साहित्यिक पत्रकारिताले नेपाली साहित्यको विकास, प्रसार र संप्रेषणमा महत्वपूर्ण योगदान पु¥याउनुका साथै जनचेतना बढाएर एकतन्त्री राणा शासनका विरुद्ध विद्रोहको स्थिति निर्माण गर्नमा समेत ठूलै मद्दत ग¥यो । गोरखा भाषा प्रकाशिनी समितिको स्थापना हुनुपूर्वसम्म नै नेपाल भित्रको साहित्यिक गतिविधि, यसको प्रचारप्रसार र नेपाली भाषामा सहित्य लेखन तथा अनुवादजस्ता विविध क्षेत्रमा साहित्यिक पत्रकारिता प्रमुख माध्यम रह्यो ।
बेलायत भ्रमणबाट फर्कँदा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरले विसं १९०८मा ल्याएका गिद्धेप्रेससँगै नेपाल पनि मुद्रण युगमा प्रवेश ग¥यो । नेपालभित्रै छापामाध्यमको प्रारम्भ हुन भने त्यसपछि पनि झण्डै आधा शताब्दी पर्खनु प¥यो । पहिलो छापाखानाका रूपमा गिद्धे प्रेसको आगमन पछि छापाखानाको संख्या क्रमश बढ्दै जानुका साथै नेपालमैं पनि यस्ता छापाखानाहरू निर्माण हुन थाले । फलतः मुद्रण कार्यमा सरलता आएर नेपालभित्रैबाट प्रकाशन संभव हुनपुग्यो । यही क्रममा नरदेव–मोतीरामको प्रयासमा नेपालमा व्यवसायिक पाशुपत छापाखाना खुल्यो र त्यही छापाखानाबाट सुधासागर (१९५५) प्रकाशनमा आयो ।
नेपाली साहित्यिक पत्रकारितको ऐतिहासिक सन्दर्भहरूका बारेमा अन्वेषकहरूबाट पर्याप्त चर्चा भइसकेको छ । तसर्थ यसको सामान्य पृष्ठभूमि मात्र उल्लेख गरेर नेपाली साहित्यिक पत्रकारिताको वर्तमान अवस्थाबारेको चर्चाभित्र यो पत्रलाई सीमित राख्नु उपयुक्त हुने छ ।
ऐतिहासिक सन्दर्भको सङ्क्षिप्त चर्चा गर्दा अर्को प्रमाण फेला नपरेसम्म नेपालबाहिरबाट प्रकाशित युवाकवि मोतीराम भट्टको गोरखा भारत जीवन (१९५०) लाई नै पहिलो नेपाली पत्रिका मान्नु पर्छ । यस दृष्टिले विसं १९५० लाई समग्र नेपाली पत्रकारिताकै प्रारम्भविन्दु मान्दा नेपाली साहित्यिक पत्रकारिताले एक शताब्दीभन्दा लामो यात्रा पूरा गरिसकेको छ । यो समय त्यति लामो नभए पनि नरदेव पाण्डे मोतीकृष्ण शर्माको सम्पादन प्रकाशनमा नेपालभित्रैबाट निस्किएको पहिलो साहित्यिक पत्रिका सुधासागर (१९५५) समेत नमुनाका लागिसमेत कतै उपलब्ध नहुनुको विडम्बनाबाट नेपाली पत्रकारिताको इतिहास मुक्त छैन । केही अङ्क निस्किएर बन्द भएको सुधासागरको लगत्तै विक्रम सम्वत् १९५८ वैशाख २४ देखि गोरखापत्र प्रकाशनमा आयो । नेपालकै जेठो अखबार गोरखापत्रले साहित्यिक सामग्रीहरूलाई पनि उत्तिकै प्राथमिकता दिएर नेपाली पाठकमा पढ्ने बानीको विकास गर्न सघायो । तर पनि मूलतः यो समाचारपत्र भएकोले यसलाई विशुद्ध साहित्यिक पत्रकारिता मान्न सकिँदैन ।
यही क्रममा नेपाली साहित्यिक पत्रकारिताको विकासमा नेपाल र नेपाल बाहिरबाट प्रकाशित भएका उपन्यास तरङ्गिणी (१९५९), सुन्दरी (१९६३), माधवी (१९६५), चन्द्र (१९७१), गोर्खाली (१९७२), चन्द्रिका (१९७४), जन्मभूमि (१९७९), तरुण गोर्खा (१९८५), नेपाली साहित्य सम्मेलन पत्रिका (१९८८) आदिको उल्लेख्य योगदान रह्यो । नेपाली साहित्य र साहित्यिक पत्रकारिताकै सन्दर्भमा कोसे ढुङ्गा मानिने शारदा मासिक (१९९१) को प्रकाशनपश्चात नेपाली साहित्यिक पत्रकारिताले नयाँ युगमा प्रवेश ग¥यो । शारदाको योे यात्रामा नेपाल भित्र र बाहिरबाट प्रकाशित हुने उद्योग (१९९२), उदय (१९९३), साहित्य स्रोत (२००४), आँखा (२००५), पुरुषार्थ (२००६), भारती ( २००६) आदि पत्रिका सहभागी बनेर साथ दिँदै प्रजातन्त्रपूर्वको नेपाली साहित्यिक पत्रकारितालाई अघि बढाए । गोरखापत्रलाई केहीबेर विर्सिदिने हो भने नेपाली सञ्चारमा सुरुदेखि २००७ सालसम्मको यो अवधिभर नै साहित्यिक पत्रकारिताको प्रभुत्व रह्यो । यसरी लामो समयसम्म नेपाली साहित्यको प्रकाशन, प्रचारप्रसार र संवद्र्धनका लागि एकमात्र सहयोगी माध्यम साहित्यिक पत्रकारिता नै रहँदै आयो ।
विसं २००८ पछिको प्रजातन्त्रोत्तर कालीन नेपालमा वाक् तथा प्रकाशन स्वतन्त्रतामा आएको खुलापनले साहित्यिक पत्रिकाको प्रकाशनमा पनि थप जाँगर देखापर्नु स्वाभाविक थियो । फलतः यस अगाडिदेखि नै प्रंकाशित शारदा र उद्योग (१९९२) का अतिरिक्त साहित्यश्रोत (२००४), पुरूषार्थ (२००६), सेवा (२००८), प्रतिभा (२००९), प्रगति (२०१०, नौलो पाइलो (२०१२), इन्द्रेणी (२०१३), धरती (२०१३), साहित्य (२०१६), नेपाली (२०१६) आदि साहित्यिक पत्रिकाहरू प्रकाशनमा आए । यिनले प्रथम प्रजातन्त्रकालीन नेपालको साहित्यिक विकासमां महत्वपूर्ण योगदान दिए । २०१७ सालको अनुदारवादी राजनीतिक प्रणालीको प्रारम्भपश्चात ओझेल परेको शारदापछि नेपाली साहित्यिक पत्रकारितामा अर्को कोसे ढुङ्गो बनेर रूपरेखा (२०१७) देखाप¥यो । त्यसलाई अर्को महत्वपूर्ण प्रकाशन रचना (२०१८)ले सशक्त रूपमा साथ दियो । शारदा पछि लामो समयसम्म नेपाली साहित्यिक पत्रकारिताको नेतृत्व गरेको रूपरेखा अहिले अस्तित्वमा नरहे पनि आफूलाई त्यत्तिकै महत्वपूर्ण स्थानमा स्थापित गर्दै आएको रचनाले भने धर्मराउँदै भए पनि आफ्नो सार्थक उपस्थिति देखाइरहेको छ । यी दुई उल्लेख्य साहित्यिक पत्रिका पछि हिमानी (२०१९), सिंहनाद (२०१९), भानु (२०२०), रत्नश्री (२०२०) आदिले नेपाली साहित्यिक पत्रकारिता र साहित्य–संस्कृतिको उन्नयनमा उल्लेख्य योगदान दिँदै आए । यही लहरमा मुकुट, विहान, अरुणोदय, फूलपाती, नयाँ कविता, विम्व, सञ्चय, प्रतीक, सुनगाभा, रमझम, बान्की, सुस्केरा, उत्साह, विदेह आदिको सशक्त उपस्थिति रह्यो ।
यसरी लामै समय नेपाली साहित्यिक पत्रकारिताको नेतृत्व शारदा, रूपरेखा–रचनाजस्ता निजी क्षेत्रका साहित्यिक प्रकाशनले लिँदै आए । यही क्रममा मधुपर्क (२०२५) को प्रकाशन नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा अर्को कोसे ढुङ्गने सावित हुन पुग्यो र यो क्रमलाई गरिमा (२०३९) ले अरू अघि बढाउँदै आएको छ । यिनै कालखण्डका अघिपछि गरेर प्रकाशनमा आएका सकल्प, सन्दर्भ, अभिव्यक्ति, कल्पना, पारिजात, सिउँडी, उत्साह, वेदना, शिलान्यास, साँग्रिला, त्रिफला, मिर्मिरे, समष्टी, बगर, दोभान, समकालीन साहित्य, कविता, प्रज्ञा, नागार्जुन, ज्ञानगुनका कुरा, अभिनव, कल्पतरु, उन्नयन, नव कविता, कलम, विपुल, सुगन्ध, मञ्जूषा, तन्नेरी, बन्दना, प्रलेस, आरोहण, दायित्व र ज्योतिदेखि शब्द–संयोजनसम्मका मासिक–द्वैमासिक–त्रैमासिक–चौमासिक आदि पत्रिकाहरूले आ–आफ्नो ठाउँबाट महत्वपूर्ण योगदान दिँदै आएका छन् । त्यसरी नै विभिन्न समस्या बेहोर्दै राजधानी बाहिरबाट प्रकाशित भइरहेका जनमत, जुही, सास्वत, सौरभ, सगर, आँकुरा, संपे्रषण, सासंक, सूर्याेदय, सारथी, दीपशिखा, पल्लव, पाथीभरा, शब्दद्वीप, अनुराग, सौगात, प्रोत्साहनजस्ता पत्रिकाहरूको योगदान पनि बिर्सन सकिँदैन । यी नामहरू पूर्ण होइनन्, यो सानो पत्रमा सबै नाम उल्लेख गर्न सम्भव पनि देखिँदैन ।
सञ्चालन–संरचना र स्रोतका हिसाबले नेपाली साहित्यिक पत्रकारिता मूलतः दुई प्रकारका देखिन्छन्– संस्थागत र निजी क्षेत्रका प्रकाशन । पहिलो वर्गमा प्रतिष्ठान, संस्थान, समिति, र सहकारी संस्थाहरूका प्रकाशन पर्दछन् भने दोस्रोमा साहित्यिक पत्रकारहरूको व्यक्तिगत प्रयासमा प्रकाशित राजधानी भित्र र बाहिरका साहित्यिक पत्रिकाहरू पर्दछन् । पहिलो वर्गमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, गोरखापत्र संस्थान, साझा प्रकाशन, नेपाल राष्ट्र बैंङ्क, कृषि विकास बैंङ्क, नेपाल विद्युत प्राधिकरणजस्ता सरकारी अर्धसरकारी संस्थाहरूका प्रकाशन रहेका छन् । साधन, स्रोत र क्षमताका हिसाबले यी प्रकाशन निजी क्षेत्रका प्रकाशनभन्दा सम्पन्न भए पनि गोरखापत्र र साझाका प्रकाशन बाहेक अन्य संस्थागत प्रकाशन नियमितता, व्यापकता तथा प्रसारका दृष्टिले त्यति सशक्त बन्न सकेका पाइँदैनन् । संस्थागत प्रकाशन आर्थिक र व्यवस्थापकीय हिसाबले निजी प्रयासका पत्रिकाभन्दा सम्पन्न देखिए पनि प्रकाशकहरू ती प्रकाशन व्यापारिक रुपले नाफामूलक नहुने हुँदा आवश्यक थप लगानी गर्न रूचाउँदैनन् । साहित्यिक पत्रिकामा विज्ञापनको अभाव देखिनुले लगानी बढ्न सकेको छैन । फलतः सस्थागत पत्रिकाले आवश्यक बजेटको अभावका कारण पनि आवश्यक सामयिक सामग्री तयार गराउनका लागि राम्रो पारिश्रमिक दिन, राम्रो कागजमा रङ्गीन छपाइ गर्न र राम्रा कलाकारमाथि खर्च गर्न सकेका छैनन् । गोरखापत्र संस्थानकै उदाहरण लिने हो भने पनि दैनि प्रकाशनका समसामयिक लेख–रचनाले भन्दा साहित्यका सिर्जनात्मक कथा, निबन्ध आदि रचनाले आधाजतिमात्रै पारिश्रमिक पाउने गर्छन् । अन्य संस्थागत प्रकाशनमा पनि लगभग यस्तै अवस्था रहेको देखिन्छ ।
यीमध्ये केही सीमित संस्थागत प्रकाशनलाई छाडेर प्राय व्यक्तिगत प्रयास तथा साधन–स्रोतबाट प्रकाशित भइरहेका नेपाली साहित्यिक पत्रिका तथा असंगठित नेपाली साहित्यिक पत्रकारिताका आफ्नै समस्याहरू छन् । तसर्थ प्रकाशित भैरहेकामध्ये पनि नियमितता, प्र्रसार र स्तर आदिका दृष्टिले अधिकांश प्रकशन पूर्ण सन्तोषजनक भने देखिँदैनन् ।
साहित्यिक पत्रकारिताको वर्तमान स्थिति
माथि नै भनियो केही संस्थागत र निजी प्रकाशन बाहेक अधिकांश साहित्यिक पत्रिका नियमितता, प्र्रसार र स्तरका दृष्टिले कमजोर देखिन्छन् । गएका ३०÷४० वर्षमा हामीकहाँ तीन हजारको सङ्ख्यामा पत्रपत्रिका प्रकाशनमा आए पनि ती केही अन्तरालमैं गायब भए भन्ने रामचन्द्र गौतमको भनाइले पनि अधिकांश साहित्यिक पत्रिकाले निरन्तरता कायम गर्न नसकेको पुष्टि गर्दछ । प्रसारका दृष्टिले एक हजारको सङ्ख्या नघाउने पत्रिका दुई–चारभन्दा बढी नहोलान् । ती पनि प्राय राजधानी बाहिर पुग्दैनन् । स्तरीयताका हिसाबले हेर्ने हो भने पनि अधिकांश पत्रिका विशेष योजना र उद्देश्यबाट भन्दा उपलब्ध साहित्यिक सामग्रीहरूलाई सामान्य ह्रस्वदीर्घ सच्याएर पृष्ठमा संयोजनमैं गर्नु मैं सीमित रहेका छन् । यसैलाई साहित्यिक पत्रकारिता मान्ने गरिएको छ ।
विद्वान कृष्णप्रसाद पराजुलीको भनाइमा पूर्णतः साहित्यिक सामग्रीहरूको संयोजन गरी साहित्यिक गतिविधिमा नै प्रकाश पारेर सम्पादन, प्रकाशन र प्रसारणका क्रियाकलापलाई जीवन्तता दिइने पत्रकारिता साहित्यिक पत्रकारिता हो । अर्का अध्येता देवीप्रसाद सुवेदीको धारणामा पनि कुनै पनि भाषिक अभिव्यक्तिगत सामग्रीलाई सुसंबद्ध आकर्षक किसिमले खास–खास समायावधिभित्र पत्रिकाद्वारा पाठकसमक्ष पु¥याउने प्राविधिक सीप र कुशलताको नाम नै पत्रकारिता हो । साहित्येतर पत्रकारिताभन्दा साहित्यिक पत्रकारिताको विधागत र विषयगत वैशिष्ट्य दीर्घकालीन र शाश्वत मूल्य एवं प्रभावका दृष्टिले महत्वपूर्ण सामग्रीसँग सम्बन्धित हुनाले साहित्यिक पत्रकारिताको भूमिका अझ गहन र विशिष्ट बनेको पाइन्छ । हाम्रो साहित्यिक पत्रकारिताले यी धारणासँग आवश्यक तालमेल मिलाउन सकेको दावी गर्ने आधार प्राय भेटिँदैन ।
सुरुमा अनियमितताको सङ्केतका रूपमा संयुक्ताङ्कको परम्पराबाट उम्किन नसकेका भए पनि गरिमा र मधुपर्कले अहिले आफूलाई नियमित बनाएका छन् । प्रसारका दृष्टिले पनि यी दुई संस्थागत प्रकाशन अधिराज्यभर पुगेका देखिन्छन् । नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका प्रकाशन समकालीन साहित्य, प्रज्ञा र कविताहरू संस्थागत भएर पनि न त नियमित देखिन्छ्, न सबैतिर पाइन्छन् । गैह्र साहित्यिक संस्थाबाट प्रकाशित भइरहेका मिर्मिरे, ज्योति आदि नियमित देखिए पनि राजधानीमैं समेत सबैतिर भेटिँदैनन्, समष्टिआदिमा नियमितता समेत देखिँदैन । बैंङ्क–विद्युतजस्ता गैह्र साहित्यिक संस्थाबाट प्रकाशित यी पत्रिकाहरू स्तरीयता र नियमिततामा कमजोर देखा पर्नु अन्यथा नमानिएला, तर सार्वजनिक संस्थाहरूद्वारा प्रकाशित संस्थागत पत्रिकामा समेत यी कमजोरी देखिन्छन्, जुन स्वभाविक मान्न सकिन्न । यस्ता संस्थागत प्रकाशनमा नियमितता र स्तरीयताका साथै सबै लेखनधर्मीहरूले यो कुनै गुट वा विचार विशेषको मात्र होइन, मेरो पनि प्रतिनिधि पत्रिका हो भन्ने ठान्न सक्ने आधार पाउनु पर्छ, यो आम अपेक्षा हो । निजी क्षेत्रका प्रकाशनमा राजधानीका रचना, अभिव्यक्ति, जुही र मोफसलका जनमत, भानुजस्ता प्रकाशन सीमित साधन–स्रोतका सीमाभित्र स्तरीय रहे पनि प्रसार र नियमित प्रकाशनका दृष्टिले व्यापक हुन सकेका छैनन् । अरूको अवस्था पनि धेरथोर यस्तै देखिन्छ ।
पेशागत दक्षता र वर्तमान साहित्यिक पत्रकारिता
आधुनिक सञ्चार क्रान्तिका कारण भाषा, साहित्य र संस्कृतिको विकास तथा प्रसारमा जति अवसर र संभावनाको ढोका खुलेका छन्, त्यति नै चुनौतीहरू पनि थपिँदै छन् । आजको साहित्यिक पत्रकारिताले सामग्री चयन र संपादनको क्षेत्रमा मात्र नभएर छपाइ, साजसज्जा र समकालीन पाठकको रूचि तथा आवश्यकका पक्षमा समेत उत्तिकै ध्यान पु¥याउनु आवश्यक भइसकेको छ । हो, मूलतः निजी क्षेका लागि साधन र स्रोतको सीमितताका कारण यी सबै पक्षमा आवश्यक ध्यान पु¥याउनु सजिलो छैन । सधैं घाटाको व्यापार मानिने साहित्यिक पत्रकारितामा सबैभन्दा ठूलो व्यवधान र्आिर्थक पक्ष नै रहँदै आएको छ । यो अवस्थाबाट पार पाउन आजको सबैभन्दा ठूलो आवश्यकता भने साहित्यिक पत्रकारितालाई व्यवसायिकता तर्फ लैजानु नै हो भन्ने बिर्सनु हुन्न । यो चुनौतीको सामना गर्न मूलतः निजी क्षेत्रकै साहित्यिक पत्रकारहरूको संगठानत्मक प्रयास आवश्यक पर्छ । तसर्थ संख्यालाईभन्दा गुण र स्तरीयतालाई महत्व दिने हो भने छरिएका स्रोत–साधनलाई एकीकृत गरी साहित्यिक पत्रिका प्रकाशनको क्षेत्रमा संगठित प्रयत्न प्रारम्भ गरिनु आवश्यक देखिन्छ । यसका लागि साहित्यित्र पत्रकारहरूकै सहकारितामा व्यवसायिक प्रकाशन र वितरण संयन्त्र निर्माण गर्ने तर्फ सहकार्य आवश्यक हुनजान्छ । साहित्यिक प्रकाशन नाफामूलक व्यवसाय बन्न नसक्ने अहिलेको परिप्रेक्षमा ठूला पूँजीपति यस तर्फ आकर्षित हुने संभावना नदेखिँदा पनि यस्तो सहकारिताको प्रयास आवश्यक हुन गएको छ ।
साहित्यिक पत्रकारितामा ध्यान दिनु पर्ने तर सधैं उपेक्षित अर्को पक्ष हो– संपादन सीप । साहित्यिक पत्रकारितामा साहित्यिकता अनिवार्य सर्त हो र विद्वान कृष्णप्रसाद पराजुलीकै शब्द दोहो¥याउने हो भने पनि “साहित्यिकताको नाममा साहित्यका विभिन्न विधाको जस्तो भेट्टायो त्यस्तै सङ्कलनले मात्र पनि साहित्यिक पत्रकारिताको परिधिलाई समेट्दैन । यहाँ साहित्यिक सशक्त भाव र विचारको समाविष्टि, साहित्यिक परिप्रेक्षमा केन्द्रित विश्लेषण र पाठक–प्रतिक्रियाजस्ता समाग्रीहरूको संयोजन पनि अपेक्षित रहन्छ ।” यस दृष्टिले हेर्ने हो भने केही स्तरीय पत्रिकालाई छाडेर सरकारी नियन्त्रणका संस्थानबाटै निस्कने लोकप्रिय मानिएको साहित्यिक पत्रिकामा समेत यो संपादकीय गुण र प्रवृत्ति देख्न पाइँदैन । निश्चय नै सामग्री बटुलबाटुल गरेर सामान्य ह्रस्वदीर्घ सच्याउँदै छाप्नु मात्र साहित्यिक पत्रकारिता होइन । गंभीर साहित्यिक पत्रकारिताले समायानुकूल गंभीर बहसको सञ्चालन, विचारपूर्ण सामग्रीको चयन–संयोजन, त्यसको उपयुक्त तथा सुरुचिपूर्ण प्रस्तुतीका साथै समकालीन विचार र लेखनको धारलाई समेत प्रतिनिधित्व गर्ने विचार र अन्य सामग्री प्रस्तुत गर्छ । यसका लागि संपादकीय विचारलाई समेत छलफल संचालनका लागि पे्ररक माध्यमका रूपमा प्रस्तुत गरिने सामान्य अपेक्षा रहन्छ । यो कुरा केही निजी स्तरका साहित्यिक पत्रिकामा यदाकदा देखिए पनि विवाद आउनेने नाउँमा संस्थागत प्रकाशनहरू प्राय टाढै बसेका देखिएका छन् ।
यही कारण साहित्यिक पत्रकारिताको सामान्य अर्थ प्रकाशनार्थ प्रेषित विभिन्न विधाका सामग्रीहरूलाई विधागत संङ्रख्याको हिसाब मिलाएर यथावत राख्नुमैं सीमित बन्दै गएको छ । न तिनमा योजनाबद्ध ढङ्गले विचार, विधा र प्रवृत्तिहरूको गंभीर विश्लेषण गर्ने कुनै सामग्री संयोजन गरिएको पाइन्छ, न प्रत्येक अङ्कमा कुनै खास विषयलाई लिएर गंभीर आलेख तयार गर्ने गराउनेतिर नै सोचिएको देखिन्छ । यदाकदा यो प्रयास देखिए पनि सामान्यलेखमा आमुख कथाको झुण्ड्याएको भन्दा बढी लाग्दैनन् । संस्थागत र निजी क्षेत्रका केहीलाई छाडेर कतिपय प्रभावशाली भनिने प्रकाशनको संपादकीय समेत झारा टार्ने हिसाबले लेखिएको विचारहीन लेखोेटभन्दा बढी देखिँदैनन् । नेपाली साहित्यिक पत्रकारिताले विचारपरक र गहन पाठक प्रतिक्रियालाई अझै आकर्षित गर्न सकेको छैन । पाठक सहभागिताका नाउँमा कुन रचना राम्रोलाग्यो भन्ने नामको फेहरिस्तले प्राय पृष्ठ भरिएका हुन्छन, ती मन पर्नाका विश्षेणात्मक कारण भने कतै भेटिँदैन ।
यी अपेक्षा पूरा गर्नका लागि साहित्यिक पत्रकारिता विषयक आवश्यक ज्ञानको पनि आवश्यकता रहन्छ । हामीकहाँ यस्ता तालिम, कार्यशाला, गोष्ठी र छलफल हुने गरेको पाइँदैन । पत्रिका सम्पादन सम्बन्धी पाठ्यसामग्रीहरू पनि राष्ट्र भाषामा उपलब्ध छैनन् । साझा प्रकाशनजस्ता प्रकाशकले यस्ता पाठ्सामग्री तयार गराएर प्रकाशन गर्ने दिशामा ध्यान पु¥याउन सकेको देखिँदैन । कतै संपादक बन्ने रहरकै भरमा पत्रिका निकालेको देखिन्छ, कतै साहित्यिक संपादन सामान्य जागिर मात्र नभएर विषेश सीप र ज्ञानको क्षेत्र पनि हो भन्ने यथार्थप्रति आँखा चिम्लेर जसलाई पायो त्यसलाई संपादनको जिम्मेवारी दिइने गरिएको भेटिन्छ । साहित्यिक पत्रकार सङ्घ स्वयम् नै साहित्यिक पत्रकारिताको मर्मबोध भएकाहरूबाट सञ्चालन हुन नसकेको गुनासाका पृष्ठभूमिमा यसबाट यस्ता तालिम–गोष्ठी सञ्चालनको अपेक्षा रहो कुरै भएन ।
यसरी सामयिक प्रकाशन वा पत्रिका सम्पादनको क्रममा प्राविधिक संपादन र सम्पादकीय सामग्रीको अर्थपूर्ण संयोजन तथा सम्पादन कुशलता आवश्यक हुन्छ भन्ने रोएना फग्र्युसनको भनाइ हाम्रो सन्दर्भमा अझै अर्थपूर्ण बन्न सकेको छैन । यसको अभावमा कुनै पनि पत्रिकाको प्रमुख पक्ष त्यसका पाठ्य सामग्री हुन् र पत्रिकाको आकारप्रकार, पृष्ट, साजसज्जा, कलाकृति आदि सबै तिनै पाठ्सामग्रीको वृत्तमा घुम्छन् भन्ने सिद्धान्तले खासै प्राथमिकता पाउन नसक्नु स्वभाविक हो । यही कारण आफ्ना पाठक वा लक्ष्यित समूहको चाहना, आवश्यकता र रुचिलाई राम्रोसँग बुझेर प्राप्त सामग्रीहरूमाथि राम्रो न्याय दिनसक्ने विषयगत ज्ञान, स्पष्ट दृष्टिकोण, असल संपादकीय कौशल संपादनकर्मीका आवश्यक गुण र क्षमता हो भन्ने फग्र्युसनको भनाइ हामीमा कत्तिको लागु हुन्छ, यकिन भन्न सकिँदैन । सम्पादनक्रममा प्रत्येक अङ्कमा केकस्तो विशेष सामग्री दिने, सम्पादकीयमा के कस्तो विषयलाई उठाउने, कुन विशेष पक्षमा विशेष पाठ्य सामग्री तयार गर्ने–गराउने भन्ने जस्ता कुरामा आवश्यक सोच र योजना हाम्रो सन्दर्भमा अज्ञात नै देखिन्छ । यिनै कारण सम्पादनको अर्थ सामान्यतया लेखकद्वारा प्रकाशनार्थ प्रेषित सामग्रीलाई सामान्य ह्रस्वदीर्घ सच्याएर थपाथप पेजमा राख्दै जाने कार्यव्यारले नै संपादनको ठाउँ लिइरहेको अनुभव हुने गर्छ । व्यक्तिगत प्रयासमा निस्कने साहित्यिक पत्रकारितामा यस्तो हुनु त्यति अस्वाभाविक नठानिएला, संस्थागत केही प्रकाशन पनि यो मनोवृत्तिबाट उम्कन नसक्नु भने विडम्बना नै मान्नुपर्छ । यसले गर्दा एक दुईलाई छाडेर सबै पत्रिका एकै खाले स्वाद, स्वरूप र संरचनाका देखिएर कुन पत्रिकाको विशेषता के हो भन्ने खुट्याउन कठिन पर्छ । केहीले पद्यप्रधान, केहीले गद्यप्रधान बनाएर अलग्गै पहिचान दिने प्रयास नगरेका होइनन्, तर तिनमा समेत विशिष्टताको अभाव नै देखा पर्छ । राष्ट्रिय स्तरका संस्थागत पत्रिकाका संपादकहरूले नै साहित्यक समाचारका टिपोटलाई सगर्व नाम सहित छापिने वैचारिक स्तम्भ ठान्ने गरेको देखिनुबाट हाम्रो संपादकीय स्तर के कस्तो छ, अनुमान गर्न कठिन पर्दैन ।
संंपादन भनेको आएका सामग्रीहरूलाई पृष्ठ संयोजन गरेर पत्रिकाको रूपमा छाप्नु मात्र होइन भन्ने मान्ने हो भने हामीले हाम्रो साहित्यिक पत्रकारिताको स्तर बढाउन केही प्रयास पनि गर्नेै पर्ने हुन्छ । हामीकहाँ साहित्यिक पत्रकारको वृत्तिविकास, आवश्यक तालिम र अध्ययनभ्रमणजस्ता अवसरको नितान्त अभाव छ । अखबारी पत्रकारितामा जस्तै साहित्यिक पत्रकारितामा तालिम, औपचारिक शिक्षा आदिको अलग्गै व्यवस्थाका लागि उपयुक्त ध्यान दिनु पर्ने प्रेस काउन्सिलजस्ता निकायहरू सधैं उदासीन देखिन्छन् । यो अवस्थामा साहित्यिक पत्रिका र पत्रकारहरू आपैंm अघि सरेर कमसेकम वर्षको एकपल्ट मात्रै भएपनि साहित्यिक पत्रिका संपादन संबन्धी सीपमूलक पुनर्ताजगी कक्षा वा कार्यशालाको आयोजना गर्नु र पत्रकारिता शिक्षामा साहित्यिक पत्रकारितालाई एक्–दुई पत्रका रूपमा समावेश गराउन दवाव सिर्जना गर्नु आवश्यक देखिन्छ । आवश्यक सीप, ज्ञान र दक्षताको अभावमा सहित्यिक पत्रिका बोधगम्य र व्यवसायिक रूपमा प्रंभावकारी बन्न सक्दैन । राम्रो लेखक हुनुको अर्थ राम्रो संपादक पनि हुन सकिन्छ र राम्रो संपादक भए पछि राम्रो लेखक पनि बन्न सकिन्छ भन्ने धारण सधैं सत्य नहुन सक्छ । भैरव अर्याल, नारायणबहादुर सिंह, बालमुकुन्द देव पाण्डे, रोचक घिमिर र यस्तै केही अन्य व्यक्तित्वमा पाइने यो दोहोरो क्षमता सबैमा खोज्नु व्यवहारिक पनि हुनसक्तैन ।
लेखक–ग्राहक र पत्रिका बीचको आवश्यक सञ्चार तथा समझदारीको विकास हुननसक्नुमा पनि यिनै कुरा जिम्मेवार रहेका देखिन्छन् । सम्पादकका निम्ति आलोचना र सुधारको सम्बन्धमा शारदाले त्यतिबेला अनुभव गरेको समस्या आज पनि यथावत रहेर आवश्यक सुधार र परिमार्जनको अनुभव हुन नसक्नुमा पनि संभवतः यी कारणहरू कतै न कतै जिम्मेवार रहेका हुनुपर्छ । राज्य र सरकारी गैर–सरकारी संस्थाहरूले अखबारी पत्रकारितालाई उपलब्ध गराउँदै आएका वृत्ति विकास र सुधारका अवसरहरू समेत साहित्यिक पत्रकारले पाउन सकेका छैनन् । नेपाली साहित्यिक पत्रकारिता जे जति अघि बढेको छ त्यो नितान्त व्यक्तिगत प्रयासको भरमा अघि बढेको छ । यो अवस्थामा नेपाली साहित्यिक पत्रकारिताले सबै कुरामा समर्थ बनेर तत्काल पूर्ण व्यवसायिक दक्षता हासिल गर्नु संभव हुँदैन, यो सत्य हो । तर पनि अब यसले आफूलाई प्राप्त सामग्रीहरूको समान्य ह्रस्वदीर्घ संशोधन र योजनारहित ढङ्गले पृष्ठसङ्ख्या राखेर छाप्नुलाई मात्रै साहित्यिक पत्रकारिताको दायित्व ठान्नुभन्दा केही माथि उठ्ने प्रयास गरेर यसको भाषिक स्तरीकरण र शुद्धि, विषयबस्तुको उपयुक्त चयन र प्रभावकारी संयोजनका साथै बाहिरी–भित्री रूपसज्जाजस्ता कुरामा पनि आवश्यक मात्रामा ध्यान दिनु जरुरी देखिन्छ ।
साहित्यिक पत्रकारिताका समस्याहरू
नेपाली साहित्यिक पत्रकारिताले नेपाली पत्रकारिताकै प्रारम्भ गर्ने जस पाएको छ । तर पनि शताब्दीभन्दा लामो यात्रामा यसले संस्थागत विकास र आत्मनिर्भरताका हिसबाले पुष्ट रूप लिन अझै सकेको छैन । निकै सङ्ख्यामा साहित्यिक पत्रिका प्रकाशित भए पनि तीमध्ये कति अल्प अवधिमैं बिलाउन पुगेका छन् । कतिले रूप, आकार र स्तरमा टाक्सिएरै जिनतिन आफूलाई जोगाइरहेका छन् । नेपाली साहित्यिक पत्रकारिताको मात्र नभएर नेपाली साहित्यकै आधुनिक युग निर्माण गर्नमा भरपूर सहयोग पु¥याएको शारदादेखि अहिलेका कतिपय साहित्यिक प्रकाशनसम्मले यही समस्या भोग्नु परिरहेको छ । त्यतिबेला शारदाले भोगेका समस्या र नियतिबाट वर्तमान साहित्यिक पत्रकारिता समेत मुक्त हुन सकेको छैन । नेपाली साहित्यिक पत्रिकाको सबैभन्दा ठूलो समस्या स्थायित्व नै हो । पहिलो साहित्यिक पत्रका सुधासागर ८÷१० अङ्क निस्केर बन्दभएको उल्लेख भेटिन्छ भने अर्को महत्वपूर्ण पत्रिका शारदा पनि नियमित हुन सकेन । यो कुनै बेला संयुक्ताङ्क र कुनै बेला प्रकाशनमैं नआइ येनकेन २८ वर्षसम्म देखाप¥यो र १८० अङ्क निस्केर बन्द हुन पुग्यो, अहिले यो पुनः प्रकाशनको तर्खरमा छ । आफैंमा एउटा संस्था बनेर पनि आफ्नो व्यवस्थापनलाई संस्थागत बनाउन नसक्नु शारदा बन्द हुनुको प्रमुख कारण हो भन्न गाह्रो नपर्ला । यो स्थिति अहिले पनि यथावत छ । साहित्यिक पत्रिकाले विज्ञापन पाउन नसक्नु, अपेक्षित मात्रामा पाठक सङ्ख्या नबढ्नु, वितरण , मुद्रण आदिमा समस्या रहनु आदि नै यष्सका अन्य प्रमुख देखिएका छन् । साहित्यिक पत्रिकाको स्थायित्वको समस्या हाम्रो मात्र समस्या भने होइन । अन्य मुलुकका साहित्यिक पत्रिकाले पनि यस्तै नियति भोग्नु परेको देखिन्छ । युरोप–अमेरिकाका कतिपय प्रभावशाली पत्रिकामध्ये एटलाण्टिक मन्थली र हार्पर्स म्यागेजिन बाहेक अहिले अरू अस्तित्वमा छैनन् । हाम्रै छिमेकी भारतका कतिपय प्रसिद्ध साहित्यिक पत्रिका अहिले प्रकाशनमा देखिँदैनन् । कुनै बेला त्यहाँ चर्चा र योदानको शिखरमा रहेका धर्मयुग, नयी कहानियाँ, सारिका, कथायात्रा, गंगा, ज्ञानोदयजस्ता साहित्यिक पत्रिकाहरू अहिले अस्तित्वबाट बिलाइसकेका छन् । कादम्बिविनीजस्तो पत्रिकाले समेत आफूलाई अस्तित्वमा राख्न आकार र सामग्री संयोजनमा परिवर्तन ल्याउनु परेको विडम्ना देखिएको छ ।
नियमित साहित्यिक पत्रिकाका नाममा व्यक्ति केन्द्रित सङ्ग्रह र विशेषाङ्क छापेर विज्ञापन तथा विक्री प्रवद्र्धन गरिरहेका एक–दुई र संस्थागत प्रकाशनलाई अपवाद मान्ने हो भने कृष्णप्रसाद पराजुलीले भन्नुभएजस्तै नेपाली पत्रकारिताको क्षेत्र “निष्काम योगीको कर्मजस्तो” भएको छ । साहित्यिक पत्रकारिता अखबारी पत्रकारिताजस्तो पेशा–व्यवसाय दुबै बन्न सकेको छैन । विज्ञापनको स्थायी र भरपर्दो स्रोत देखिँदैन । प्रसार सङ्ख्या सीमित हुनुको कारण व्यापारिक विज्ञापन प्राप्त हुन सकेको पाइँदैन । सम्पादक–प्रकाशकको व्यक्तिगत सम्पर्क र पहँुचबाट जे जति विज्ञापन उपलब्ध हुन्छ, त्यो बाहेक विज्ञापन प्राप्तिको कुनै नियमित र स्थायी आधार देखिँदैन । नियमित रूपमा वितरण संपरीक्षण गरेर अखबारी पत्रकारितालाइ सरकारले उपलब्ध गराउँदै आएको कल्याणकारी सूचनामूलक विज्ञापनबाट समेत साहित्यिक पत्रिकाहरू प्राय वञ्चित रहेका छन् । २०४७ पूर्व नियमपूर्वक दर्ता भएका साहित्यिक पत्रिकालाई राष्ट्र बैंङ्क, नेपाल बैंङ्क, जनकपुर चुरोट कार्खाना, सूचना विभाग आदिले वर्षको तीनचार पटक विशेष अवसरमा दिने गरेका विज्ञापन र आर्थिक सहयोग समेत अहिले बन्द गरिएका छन् । यसबाट पहुँच र प्रभाव हुनेले विज्ञापनप्रतिमात्रै छापेर पनि ठूलो रकमको विज्ञापन र सहयोग पाउने, तर नियमित स्तरीय प्रकाशन गरेर पनि त्यस्तो पहुँच र प्रभाव नहुनहरूले कुनै विज्ञापन र सहयोग पाउन नसक्ने अवस्था र प्रवृत्तिको विकास हुँदै गएको छ । हुन त त्यस कालखण्डमा पनि एउटैका नाउँमा बाह्र–पन्ध्रवटा पत्रिका दर्ता गरेर विज्ञापन पाइने खास खास अवसरमा केही प्रति विज्ञापन प्रति निकालेर आवरण पृष्ठमात्र फरक पारी रकम हात पर्ने प्रवृत्तिबाट साहित्यिक पत्रकारिता बद्नाम नभएको होइन । तर पनि यस्ता विकृतिमाथि नियन्त्रण गर्न सक्दा सरकारी संस्थान र क्षेत्रबाट नियपूर्वक दर्ता भएर नियमित तथा स्तरीय रुपमा निस्किरहेका पत्रिकालाई विना विशेष तोक आदेश र सिफारिस विज्ञापनका रुपमा निर्धारित आर्थिक सहयोग उपलब्ध गराउने प्रचलनले केही भए पनि भरथेग गरेको थियो । यो व्यवस्था अहिले पनि आवश्यक देखिन्छ । पहुँच र प्रभावका भरमा अहिले पनि पदासीन शक्तिसाली र ठूला मानिसहरूका नाउँमा विशेषाङ्क, चर्चा परिचर्चा चलाएर तिनकै प्रभावका भरमा मोटो मूल्य राखिएका पत्रिका बिकाउने र मोटा मोटा विज्ञापन लिने अभ्यासमा कमी आएको छैन । सरकारद्वारा वितरण गरिने आर्थिक सहायता चन्दा पुरस्काका नाउँमा अहिले पनि सरकार रपार्टीहरूसँग नजिक हुनक्ने संपादक र तिनका पत्रिकाले वर्षेनि मोटो रकम हातपार्दै आएका छन् । यसरी सीमित व्यक्तिको हातमा पर्ने गरेको रकमलाई एउटा निश्चित मापदण्डका आधारमा धेरै पत्रिकाको पहुँचमा पु¥याउनेतिर मात्रै ध्यान दिन सकिए पनि केही आर्थिक भरथेग भएर राम्रा पत्रिकाहरूले अकालमृत्युको मुखमा पर्नु पर्ने नियतिबाट छुट्कारा पाउन सक्ने थिए । अहिले सरकारले साहित्यिक पत्रिकाका लागि बजेटमा विनियोजन गरेको १५ लाख रूपियाँलाई यसको प्रारम्भ मान्न सकिन्छ । तर निश्चित मापदण्डमा यो रकम धेरैभन्दा धेरै पत्रिकालाई उपलब्ध गराउने नियम र संयन्त्रको स्थायित्व भएन भने यो पनि प्रभावकारी बन्न नसक्ने कुरा बिर्सन हुन्न, यो वितरण पनि विवादमा आइसकेके छ ।
नेपाली साहित्यिक पत्रकारिताको अर्को समस्या पाठक सङ्ख्यामा अपेक्षित बृद्धि नहुनु हो । समग्रमा नेपाली पाठकहरूको सङ्ख्या बढेको देखिए पनि ती पाठक स्तरीय साहित्य र साहित्यिक पत्रिका तर्फभन्दा हल्का, मनोरञ्जनपरक र समाचारमूलक पाठ्य सामग्रीतर्फ बढी उन्मुख हुँदै गएका देखिन्छन् । सामान्यतया नेपाली पाठक तीन वर्गका देखिन्छन्– देशभित्रै र बाहिरका अङ्ग्रेजी माध्यमका महँगा बोर्डिङ स्कुल–कलेजबाट आएका पाठक; स्वदेशी साधारण स्कुल–कलेजबाट आएका आम पाठक; र खासै औपचारिक शिक्षा–दीक्षा नभएका सामान्य साक्षर पाठक । पहिलो वर्गका पाठक थोरै भए पनि तिनमा पर्याप्त क्रयशक्ति र पुस्तक पत्रपत्रिकामा राम्रै रकम खर्च गर्ने प्रवृत्ति देखा पर्छ । तर यो वर्ग विशेष गरी नेपाली पुस्तक पत्रपत्रिकाभन्दा अङ्ग्रेजी भाषाका आयातित पाठ्सामग्री, रङ्गीचङ्गी र ग्ल्यामरयुक्त अङ्ग्रेजी र नेपाली भाषाका पुस्तक–पत्रिकाहरू बढी रूचाउने गर्छ । नेपाली स्तरीय साहित्य र पत्रपत्रिकाका प्रमुख आधार दोस्रो वर्गका पाठक हुन् । क्र्रयशक्ति कमजोर भएको कारण यो वर्ग पुस्तक पत्रिकामा मनग्गे खर्च गर्न सक्दैन । पुस्तक पत्रपत्रिकाका मूल्य पनि यिनको क्रयशक्तिले धान्ने भन्दा बढी नै हुने गर्छ । तेस्रो वर्गका पाठक हल्काफुल्का मनोरञ्जन, रोमान्स र हत्या अराधपरक सामग्री रूचाउँछन् र अहिले नेपाली पाठ्सामग्रीको बजार पनि तिनै खालका पाठ्यसामग्रीले भरिएका देखिन्छन् । यो सामान्य पर्यवेक्षणलाई आधार मान्ने हो भने आजको साहित्यिक पत्रकारिताले दोस्रो वर्गका पाठकको क्रयशक्ति र पहुँचमा पुग्ने र तेस्रो वर्गका पाठकको रुचि आफूतर्फ तानेर तिनलाई क्रमशः स्तरीय पाठकमा रूपान्तरण गर्ने प्रयास गर्नु आवश्यक देखिन्छ । यसका लागि साहित्यिक पत्रिकाले सामग्री संयोजनमा खास ध्यान पु¥याउनु पर्छ । यस दृष्टिमा प्रकाशन, प्रसारण र व्यवस्थापनमा खासै समस्या बेहोर्न नपर्ने संस्थागत बाहेकका निजी प्रकाशनले विशुद्ध साहित्यिक सामग्रीका साथै मूलतः तेस्रो वर्गका पाठकको रूचिसँग धेरथोर मेल खाने विषबस्तु, आम मानिसका आजका समस्यालाई संवोधन गर्नेतिर ध्यान दिनु उपयोगी होला कि ? सामग्री चयनमा पनि अबोधगम्य अमूर्तता र प्रयोगका नाउँमा प्रयोग–सीमित साहित्यभन्दा जीवनपरक र आम मानिसको सम्वेदनालाई छुने सामग्रीको सङ्ख्या वृद्धि गर्दै जानेतर्फ ध्यान पु¥याउन सके दोस्रो र तेस्रो वर्गाका पाठकसँग तादात्म्य कायम गर्दै पाठक सङ्ख्या बढाउन केही भए पनि मद्दत पुग्ने अनुमान गर्न सकिन्छ ।
यसबारे सरकारको नीति र दृष्टिकोण स्पट नहुनु नेपाली साहित्यको अर्को महत्वपूर्ण समस्या हो । नेपाली समाचारपत्रकारिता र पत्रिकाका समबन्धमा सरकारको नीति र दुृष्टिकोण जति स्पष्ट छ, त्यस्तो स्पष्ट नीति र दृष्टिकोण नेपाली साहित्यिक पत्रिका र पत्रकारिताका सम्बन्धमा देखिँदैन । प्रेस काउन्सिलमा केही समय यता साहित्यिक पत्रकारिता क्षेत्रबाट समेत प्रतिनिधित्व गराइने गरिएको देखिए पनि यताका समयमा साहित्यिक पत्रकारितासँग सम्बन्धित भन्दा बढी जुन सरकार छ त्यसैको राजनीतिक निकटताको व्यक्तिलाई प्रतिनिधित्व गराउने प्रवृत्ति देखिएकोले सही प्रतिनिधित्व हुन सकेको अनुभव हुँदैन । त्यसमाथि प्रेस काउन्सिल आर्फैले सरकारको एउटा विभागको भन्दा बढी भूमिका खेल्न नसकिरहेको अवस्थामा यो प्रतिनिधित्वले खासै अन्तर पर्ने विश्वास पनि गर्न सकिँदैन । यही सरकारी नीतिगत अस्पष्टताका कारण साहित्यिक पत्रकारिता सञ्चारमन्त्रालयबाट हेरिनु पर्ने क्षेत्र हो वा शिक्षा तथा संस्कृति मन्त्रालयबाट भन्ने समेत प्रष्ट छैन ।
निष्कर्ष र सुझाउ
कुनै पनि राष्ट्रको सभ्यता त्यस देशको भाषा, संस्कृति र साहित्यको स्तरबाट निक्र्योल गरिन्छ भन्ने भनाइ छ । यसबाट स्पष्ट हुन्छ मुलुकको भौतिक प्रभाव आर्थिक विकासबाट आकलन गरिन्छ भने त्यसको सभ्यता र संस्कृतिको परिचय आर्थिक विकासले नभएर सांस्कृतिक विकासले गराउँछ । यो विकासको एउटा प्रमुख साधन साहित्य हो र साहित्यको उन्नयनमा साहित्यिक पत्रकारिताको स्तरीयता र प्रभावकारिता निर्णायक हुने गर्छ । नेपाली पत्रकारिताको प्रारम्भ साहित्यिक पत्रकारिताबाटै सुरु भएको भए पनि अखबारी पत्रकारिताको तुलनामा साहित्यिक पत्रकारिता निकै पिछडिएको र सबै क्षेत्रबाट उपेक्षित समेत रहेको छ । सञ्चारका अन्य क्षेत्रमा जसरी ठूला निजी लगानीकर्ताहरू आकर्षित भएका छन्, साहित्यिक पत्रिका तर्फ यो क्षेत्र अझै आकर्षित हुन सकेको छैन । यस अर्थमा जे भइरहेको छ, त्यो व्यक्तिको निजी प्रयासबाट मात्रै भइरहेको छ । साहित्यिक पत्रिकाको विकास सङ्ख्यात्मक हिसाबले जति धेरै भएको देखिए पनि तिनको प्रसार, स्तरीयता र प्रभावकारिताको दृष्टिले भने अझै पिछडिएका देखिन्छन् । यसर्थ छरिएर रहेका श्रोत र साधनलाई एकीकृत गरी साहित्यिक पत्रिकाहरूको सहकार्यमा सहकारिताको प्रयास गरेर स्तरीय र प्रभावकारी प्रकाशन अघि बढाउने तर्फ सोच्नु आवश्यक देखिन्छ । राज्य र समाजले पनि साहित्यिक पत्रकारलाई उचित सम्मान र स्थान दिन सकेको देखिँदैन । कुनै कालखण्डमा शिक्षामन्त्रालयले दिने गरेको साहित्यिक पत्रकारिता पुरस्कार समेत हरायो, साहित्यिक पत्रकारको सम्मान गर्ने संस्कार अपेक्षित रुपमा विकास हुन सकेन । साहित्यिक पत्रकारको स्तर र वृत्ति विकासमा आवश्यक उत्प्रेरक कार्यशाला, तालिम र अन्तरक्रियाजस्ता गतिविधिहरू हुन सकेका छैनन् ।
अर्कातिर नेपाली साहित्यिक पत्रकारिताले न त पूर्ण रूपमा समकालीन साहित्य, कला र संस्कृतिको अद्यावधिक आकलन गर्न सकिरहेको अनुभव हुन्छ न सञ्चार क्रान्तिले उपलब्ध गराएको साधन–सुविधाका कारण पाठकमा आएको ज्ञान र रुचिगत परिवर्तनको नै राम्ररी अध्ययन गर्न सकेको अनुभव हुन्छ । समकालीन साहित्यिक पत्रकारिताकाले चलाउने चर्चा–परिचर्चा र छलफल तथा गरिने वार्ता–अन्तवार्ता र समीक्षा समालोचना, विश्लेण केही पुराना र विशेष गरी अर्थतथा शक्तिसम्पन्न पदीय साहित्यकारहरूको वृत्तमा केन्द्रित हुने गरेको देखिन्छ । यसकै फलस्वरूप पद र पैसाका धनी नवसिर्जनाकारका साथै साहित्यक पत्रकारको निकटतम वृत्तका गुट समूहको सेरोफेरेमा नेपाली साहित्यिक पत्रकारिता पनि घमिरहेको आरोप समेत लाग्ने गरेको छ । यसबाट निरन्तर साधनामा लिन हुने धेरै समकालीन साहित्यकारहरू उचित मूल्याङ्कन हुनुबाट बाहिरिएका छन् । चर्चा र मूल्याङ्कनको आधार रचना क्षमताभन्दा अन्य कुराले प्रभावित हुने गरेको छ । यो आरोप तर्फ पनि नेपाली साहित्यिक पत्रकारिताले गंभीरतापूर्वक आत्म निरीक्षण गर्नु आवश्यक देखिन्छ ।
आधुनिक सञ्चारको विकासले भाषा, साहित्य र संस्कृतिको विकास तथा प्रसारमा जति अवसर र संभावनाको ढोका खेलेको छ, त्यति नै चुनौतीहरू पनि ल्याएको छ । अत्यधिक श्रव्यदृश्य माध्यमका पहुँचसँगै मानिसको पठन अभ्यास, आफ्नो विशिष्ठ सांंस्कृतिक पहिचान, मातृभाषा र रहनसहनजस्ता कुराहरूमाथि प्रतिकूल प्रभाव पर्दै जानुले साहित्य र साहित्यिक पत्रकारिता समेत प्रभावित हुने आशङ्का गरिँदै छ । यो दुष्प्रभावबाट सकभर बच्ने उपायको खोजी त छंदैछ, केही समय यता साहित्यिक पत्रकारिता लगायतका नेपाली सञ्चार माध्यममा देखिन थालेका केही प्रवृत्ति समेतले नेपाली साहित्यलाई हानि पु¥याउन सक्ने संभावना देखिँदैछ । पक्षधरता र हचुवा दृष्टिकोण आदिका कारण सकारात्मक भन्दा नकारात्मक प्रभाव पर्ने आशङ्का बढ्दै छ । यी नकारात्मक प्रभावलाई न्युन गर्न साहित्यिक पत्रकारिताले पनि आफूलाई साहित्यको स्वस्थ, स्वच्छ र निष्पक्ष विकासमा समर्पित गर्ने पर्ने हुन्छ ।
यो पृष्ठभूमिमा साहित्यिक पत्रकारिताको विकासका लागि निम्न सुझाउ प्रस्तुत गर्नु उपयुक्त होलाः
१.श्री ५कोसरकारले साहित्यिक पत्रकारिता र पत्रिकाका बारेमा स्पष्ट नीत तय गर्नु पर्ने ।
२.पठनलाई पनि विकासको एउटा महत्वपूर्ण पक्ष मानेर सरकार र स्थानीय निकायहरूले आफ्नो बजेटमा पुस्तकालय र वाचनालयको स्थापना र पुस्तक–पत्रिका किन्नका लागि निश्चित प्रतिशत रकम विनियोजन गर्नु पर्ने ।
३.सूचना विभागद्वारा समाचारपत्रमा कार्यरत पत्रकारहरूलाई जस्तै साहित्यिक पत्रकारहरूलाई पनि साहित्यिक पत्रकार प्रेसप्रतिनिधि परिचयपत्र उपलब्ध गराउने कानुनी प्रावधान हुनु पर्ने ।
४. नियमित रूपमा प्रकाशित भइरहेका साहित्यिक पत्रिकामा कार्यरत तथा सूचनाविभागको परिचयपत्र प्राप्त पत्रकारहरूलाई अन्य पत्रकार।हरूलाई दिएजस्तै टेलिफोन, कम्प्युटर, हुलाक आदि सञ्चार सुविधाहरू सहुलियतमा उपलब्ध गराउनु पर्ने ।
५. दर्ता भएर नियमित प्रकाशित भैरहेका साहित्यिक पत्रिकाहरूको वितरण संपरीक्षण गर्ने व्यवस्था मिलाई अन्य पत्रिकाकोजस्तै तिनलाई पनि वर्गीकारणको आधारमा सरकारी सूचना र जनकल्याणका प्रचार सामग्री उपलब्ध गराएर आर्थिक भ।रथेगको व्यवस्था मिलाइनु पर्ने ।
६. साहित्यिक पत्रिकालाई पनि कागज, मसी र अन्य आवश्यक प्रेस सामग्री सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था मिलाइनु पर्ने ।
७. साहित्यिक पत्रकारको हितमा लक्ष्यित कार्यक्रमका साथै साहित्यिक पत्रकारहरूको जोखिम वीमा आादिको व्यवस्था गर्न सरकारले वार्षिक बजेटमा प्रत्येक वर्ष आवश्यक रकम विनियोजन गर्ने परम्पराको थालनी गर्ने ।
८. प्रभावकारी वितरण सञ्जाल खडा गरी नेपाली भाषा बोलिने विदेशका अन्य भूभागसम्म निर्वाध वितरण हुनसक्ने वाताव।रण निर्माणमा सकार र निजी क्षेत्रले प्रयास गर्नु पर्ने ।
९. श्री ५ कोसरकारले यस वर्षको बजेटमा साहित्यिक पत्रिकाको सहयोगार्थ उपलब्ध गराएको १५ लाख रुपियाँको सहयोगलाई निरन्तरता दिई यसको वितरणमा निष्पक्षता कायम गर्न प्रभावकारी वितरण निर्देशिका तयार गर्नु पर्ने ।
१०.साहित्यिक पत्रकारिताको वर्तमा समस्या, स्थितिको अध्ययन गरी सुधारका लागि आवश्यक सुझाउ दिन साहित्यिक पत्रकारिता आयोग गठन हुनु पर्ने ।
(साझा प्रकाशन–गरिमा मासिकका तर्फबाट २०६१ चैत गते आयोजित गोष्ठीमा प्रस्तुत गोष्ठीपत्र)

सन्दर्भ–सामग्री
१.इन्साइक्लोपिडिया एन्कार्टा, २००४, अन लाइन एडिसन ।
२.कृष्णप्रसाद पराजुली, साहित्यिक पत्रकारिताः विशुद्ध साहित्यिकता अथवा व्यवसायिकता, कार्यपत्र, प्रेसकाउन्सिल नेपालद्वारा आयोजत साहित्यिक पत्रकारितसम्बन्धी अन्तक्र्रिया ।
३.गृष्मबहादुर देवकोटा, नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास, साझा प्रकाशन ।
४.देवीप्रसाद सुवेदी, साहित्यिक पत्रकारिताः समस्या र समाधान, कार्यपत्र, प्रेसकाउन्सिल नेपालद्वारा आयोजित गोष्ठी, २०५८ ।
५.पे्रस काउन्सिल नेपालका प्रतिवेदनहरू ।
६.रामचन्द्र गौतम, साहित्यको विकास र सांस्कृतिक जागरणका लागि २१औं शताब्बीमा सञ्चार माध्यमको प्रयोग, भारतीय स्वतन्त्रताको स्वर्णजयन्तीका अवसरमा भारतीय दूतावासद्वारा काठमाणौंमा आयोजित साहित्य र विद्युतीय माध्यम विषयक गोष्ठीमा पंस्तुत हिन्दी पत्र ।
७.रोएना फग्र्युसन, एडिटिङ स्मल म्यागाजिन, कोलम्बिया युनिभर्सिटी प्रेस, न्युयोर्क, लण्डन ।
८.लेखक स्वयम्का समाचार लेखन तथा संपादन, आमसञ्चारका विविध पक्ष र आमसञ्चार द्वन्द र आतङ्कवाद, गोरखापत्र शैली पुस्तिा आदि कृतिहरू ।
९.विजय चालिसे, नेपाली सञ्चारमाध्यम र साहित्य, नागार्जुन, वर्ष ३ अङ्क २, पूर्णङ्क १०, २०६१ असोज–पुस, नागार्जुन साहित्यिक प्रतिष्ठान तथा साहित्यिक पत्रकार सङ्घको संयुक्त आयोजनामा आयोजित सञ्चारमा साहित्य विषयक गोष्ठीमा प्रस्तुत कार्यपत्र ।
१०.शिव रेग्मी, “शाारदा”का सम्पादकीय विचारहरू, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, २०५८ ।
ड्ड

No comments:

Post a Comment