Tuesday, August 17, 2010

मूल्यविघटनको सर्पदंश र रचनाधर्मिता

बिम्ब÷प्रतिबिम्ब


गोरखापत्रको २८ वर्षे पत्रकारिताको जीवनमा धेरै उतारचढावको अनुभव र अनुभूति स्वाभाविक हो । यस क्रममा धेरै धेरै चरित्रहरू देख्न पाइएका छन्, धेरै धेरै प्रवृत्तिहरू बेहोर्न पाइएका छन् । यी भोगाइ कतिपय प्रिय छन्, कतिपय अप्रिय पनि ! यिनै उतारचढाव, प्रिय–अप्रिय अनुभव र अनुभूतिका बीच लगभग २४ वर्ष पछि मधुपर्क मासिकको सम्पादन समूहमा फर्कँदा मैले आफूलाई घर फर्केको अनुभव गरेको छ । आउनु–जानु अर्थात परिवर्तन जीवनको स्वाभाविक प्रक्रिया हो, यसलाई नस्वीकारी धरै छैन । जीवनमा अनेकौं जिम्मेवारी र भूमिका निर्वाह गर्ने अवसर आउँछन् । यही क्रममा अखबारी पत्रकारितालाई भन्दा मैले बढी आफ्नो ठानेको साहित्य र साहित्यिक पत्रकारिताको शीतल छहारीमा फर्कन पाउनृुलाई मैले सुखद अनुभवका रूपमा लिएको छु । केशवराज पिँडाली, भैव अर्याल, नारायणबहादुर सिंहजस्ता आफ्ना समयका प्रख्यात साहित्यशिल्पीहरूको सम्पादनमा आफूलाई स्तरीय रूपमा स्थापित गराउएको मधुपर्कको त्यो उत्कर्षको पछिल्लो कालखण्डमा लगभग चार वर्ष मेरो पनि संलग्नता रहेको थियो स्वर्गीय नारायणबहादुर सिंहको सहयोगी सम्पादकका रूपमा ! आज २४ वर्ष पछि ने भए पनि यसको सम्पादकीय नेतृत्वमा आफूलाई पाउनु मेरा लागि निश्चय नै सुखद् अनुभव हो ।
समय चुनौतीपूर्ण छ, राष्ट्रका लागि र रचनाधर्मिता तथा साहित्यिक प्रकाशनहरूका लागि पनि ! राष्ट्र अर्थपूर्ण अग्रगामी परिवर्तनको बाटोमा हिँडिरहेको क्षणसम्म पनि हामी अझै शासकीय प्रवृत्तिका पूर्व प्रवृत्तिहरूबाट मुक्त हुन सकिरहेका छैनौं । शासकीय जिम्मेवारी लिनेहरूमैं यो प्रवृत्ति हट्न नसक्नुले सङ्केत गर्छ– अगाडिको यात्रा सोचे जत्तिकै सहज र निरापद छैन । चारैतिर मूल्य विघटनको सर्पदंशले डस्न छाडेको छैन । आत्मसम्मान–स्वाभामिान र राष्ट्रप्रेम प्रताडित हुनुपर्ने विगत बिडम्बनाबाट अझै पनि श्रापित छौं हामी !े जीहजुरीे हिजैको जस्तो पुरस्कृत र सम्मानित भइरहेका छन् । नयाँ नेपालमा वर्गीय हित, स्वार्थ र आत्मसम्मानको संरक्षण हुने आशा गरिरहेका नयाँ नेपालका नेपालीहरू अझै साम्प्रदायिक सोच र जातीय सङ्कूचितताको हलाहल पिउन वाध्य छन् । साम्यवादी चिन्तन र दर्शनबाट प्रेरित हुँ भन्नेहरूमैं वर्ग बिर्सिएर जातीय पहिचानलाई मात्र सबैथोक ठान्ने साम्प्रदायिक सङ्कूचितताले ताण्डब नाचिरहेको देखिँदै । त्यही चिन्तनप्ररित केही विदूषकहरू दुबै काखीमा बुख्याँचा च्यापेर पर्दापछाडिको नेतृत्वमा अझै पनि रमी रहेका देखिँदैछन् ! सामन्ती दरबारका विदुषक झैं लाग्ने यिनीहरूबाट स्वाभिमान र राष्ट्रियतापरक चिन्तनमा काँडेतार लगाउने प्रयत्न कहिलेसम्म रहने हो, अनुमान गर्न नसकिने भएकमो छ ।
गलत अभ्यास र संस्कृतिका प्रसारक विदूषकहरू प्रवृत्तिमा सुधार सुधार बिना नयाँ नेपालको परिकल्पना सायद साकार हुनसक्दैन । यसका लागि सही र अग्रगामी संस्कृतिको विकास अपरिहार्य छ । ह्रासोन्मुख मूल्यवत्ताको जगेर्ना गर्नु पर्ने अहिलेको ठूलो चुनौती साहित्यकार, कलाकार, चिन्तक र संस्कृतिकर्मीहरूको निर्भिक र निःस्वार्थ रचनाधर्मिता बोगर सम्भव हुने छैन । साम्प्रदायिक सोच र जातीय विद्वेषको विखण्डनवादी धमिरोबाट स्वाभिमानको रक्षा र स्वाधीन राष्ट्रियताको जगेर्ना नयाँ नेपालको संस्कृति विकास गर्ने क्रममा पूर्व शर्त हुने छ । राष्ट्रियताको पक्षमा उभिन चाहनेहरू प्रताडित बन्नुपर्ने पुरानो अभिषशाबाट मुक्तिको अपेक्षा अब टाढाको विषय बन्न नदिन पनि कृतघ्नता, उपयोगितावादिता र उद्दण्डतालाई अग्रगमनका साधक बन्न दिनु हुन्न । यस्ता प्रवृत्तिमाथिको शीघ्र नियन्त्रणमा जिम्मेवारहरूको ध्यान निःस्वावर्थ कलमबाट मात्रै सम्भव हुनेछ । यदि कतैबाट अङ्कूश लागेन भने सिर्जनाका मध्यमबाट नयाँ संस्कृति निर्माणमा समर्पित रचनाधर्मिताको सहयोगी बन्ने छ मधुपर्क ! यसमा मधुपर्कले कुनै कन्जुसी देखाउने छैन, यो वचनबद्धता हो हाम्रो ।
समाजलाई सही बाटो हिँडाउने प्रभावकारी माध्यम साहित्य, कला र संस्कृतिले यस्ता प्रवृत्तिका बिरुद्ध खबरदारी गर्नु पर्ने आवश्यकता सकिएको छैन । साहित्यि, कला, संस्कृति त्यो शक्तिसाली माध्यम हो जुन समाज शुद्धिकरण र नयाँ संंस्कृतिको निर्माणमा महत्वपूर्ण सहयोगी बन्न सक्छ । नयाँ संस्कृतिको निर्माणमा समाज र समाजलाई सही मार्ग दर्शन गर्दै सही उद्देश्यमा पे्ररित गर्ने जिम्मेवार लेखन आजको पनि त्यत्तिकै आवश्यकता छ । सार्थक र जिम्मेवारीपूर्ण लेखनले समाजका मुखुण्डधारी प्रवृत्तिको मुखण्डाहरू उधारेर तिनलाई पनि सही बाटो हिँडाउन सघाउन सहयोग पु¥याउने छ । सार्थक र जिम्मेवारीपूर्ण लेखनले नै समाज शुद्धिकरणमा सघाउ पुग्छ ।
आजको नेपाली भाषा, साहित्य र संस्कृति भित्री–बाहिरी दुबै तिरबाट चापग्रस्त छ । राष्ट्रको सांस्कृतिक विविधततालाई एकीकृत गर्न सक्नुपर्ने मात्र होइन, साँघुरँिदै गएको आजको विश्वमा आयातित बाह्य संस्कृतिको अतिक्रमणबाट नेपाली साहित्यलाई जोगाउने काम पनि कम चुनौती देखिँदैन । यो तीब्र प्रभावको नियन्त्रण बिना राष्ट्रिय तथा जातीय संस्कृति सुदृढ हुन सक्दैन, जसमा मधुपर्कजस्ता साहित्यिक पत्रिकाको धेरथोर भूमिका रहन्छ नै । समग्र सामाजिक परिप्रेक्षमैं नेपाली समाजको मूल्य विघटन प्रक्रिया सतहमा देखिन थालेको स्वीकार्ने होभने आस्था र विश्वासको जग खलबलिन नदिने अर्को चुनौती पनि हाम्रै सामु उपस्थित छ । मानवीय मूल्यप्रतिको आस्था जगर्नेमा समेत साहित्य, कला र संस्कृतिले महत्वपूर्ण सम्बल दिनसक्छ । बौद्धिक नेतृत्व दिने स्रष्टा–प्राज्ञहरूको दायित्व समाजको सामान्य प्रविृत्तिमा आफैं बग्ने होइन, समाजलाई सही दिशा तर्फ प्रवृत्त गर्ने हो । प्राज्ञिक–सिर्जनात्मक क्षेत्र आफैं प्रदूषित भएर गैह्र प्राज्ञिक मनोवृत्तिलाई अवलम्बवन गर्दै जाने हो भने अग्रगामी होइन साधनाभन्दा पदीय प्राप्तिको पछाडि दौडिने पतनोन्मुख समाजको विकासलाई मात्र सहयोग पुग्ने छ । बढ्दो उपभोक्तावादी संस्कृति र त्यसकै उपज हल्का मनोरञ्जनप्रतिको बढ्दो आकर्षणका कारण मूल्यमा आधारित साहित्य, संस्कृति र तिनमा समर्पित श्रष्टाहरूको सम्मान र प्रोत्साहन ह्रासोन्मुख देखिँदै छ । नेपालका राष्ट्रिय भाषाहरू र नेपाली राष्ट्रभाषाका कृति र श्रष्टाहरूको उपेक्षा भइरहेको छ । विदेशी भाषा र तिनमा लेखिने साहित्य सम्मानित हुने प्रवृत्ति बढिरहेको छ । सही र बस्तुगत मूल्याङ्कन प्रणलीलाई गैैरसरकारी संस्था, विदेशी प्रकाशनको संलग्नता वा ठूला शक्तिमा रहेकाले विस्थापित गर्नुको अभ्यास विकसित हुँदै गएको छ । यो प्रवृत्तिबाट नेपाली माटोको सुवास बोक्ने सच्चा नेपाली साहित्य–संस्कृति छाया पर्दै जाने खतरा अस्वीकार गन मिल्दैन । यी चुनौतीहरूको सामना हाम्रो पनि दायित्व हो, मधुपर्कको पनि चुनौती हो । यीे चुनौतीको सामना गर्न हामी लेखक साहित्यकारहरूसँग हातेमालो गर्न चाहन्छौं । यसका लागि हामीलाई पूर्वाग्रहप्रेरित एकपक्षीय होइन, सार्थक, बस्तुगत र सुधारका लागि गरिने रचनात्मक आलोचनाले सही मार्गदर्शन गराउन सक्ने छ । नयाँ विचार, नयाँ चिन्तन र नयाँ संस्कृतिको निर्माणमा सहयोगी बन्ने हाम्रो इच्छा नयाँ संस्कृतिको निर्माणप्रति इमान्दार लेखक, साहित्यकार र विद्वन्हरूको सहयोग बिना सम्भव बन्दैन । सबै अग्रगामी साहित्य र विचारको साझा मञ्च बनाउने यो प्रयासमा खुला सहयोग हुनेछ, यो मेरो विश्वास हो ।

No comments:

Post a Comment